Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

“आर्थिक विकासका लागि कृष्णनगरमा ड्राइपोर्ट निर्माण आवश्यक” –चेम्बर केन्द्रिय अध्यक्ष श्रेष्ठको जोड ।


“आर्थिक विकासका लागि कृष्णनगरमा ड्राइपोर्ट निर्माण आवश्यक” –चेम्बर केन्द्रिय अध्यक्ष श्रेष्ठको जोड ।

विकासको सम्भावना बोकेको कपिलवस्तुको कृष्णनगरमा ड्राइपोर्ट (सुख्खा बन्दरगाह) को लागि विशेष पहल गर्ने नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठले जोड दिएका छन् ।

भारतको बढनी रेल वे स्टेशनसँग प्रत्यक्ष सम्बन्ध जोडिएको कपिलवस्तुको कृष्णनगर नाका व्यापारिक सम्भावना बोकेकाले यहाँ सुख्खा बन्दरगाह निर्माण गर्न आवश्यक देखिएको चेम्बर केन्द्रिय अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । चेम्बर अफ कमर्स कपिलवस्तुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ड्राइपोर्ट समितिका सदस्य समेत रहेका श्रेष्ठले आगामी बैठकमा प्रस्तावको रुपमा लैजाने र यथासिघ्र निर्णय गराउने आश्वासन दिए ।

सुख्खा बन्दरगाह (ड्राइपोर्ट) निर्माणले जिल्लाको समग्र आर्थिक एवं पर्यटन विकासमा समेत ठूलो टेवा पुग्ने श्रेष्ठले विश्वास व्यक्त गरे । यहाँका व्यापारी व्यवसायीको मागलाई ध्यानमा राख्दै ड्राइपोर्ट निर्माणका लागि आफूले केन्द्रिय तहसम्म आवाज उठाउने आश्वासन दिए ।
चेम्बर अफ कमर्स कपिलवस्तुका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै चेम्बर केन्द्रिय अध्यक्ष श्रेष्ठले जिल्लाको समग्र विकासमा सबैसँग सहकार्य गरी अगाडि बढ्न सुझाव दिए । साथै उनले महिला र युवा व्यवसायीहरुलाई अग्रसर गराउन जिल्ला स्तरमा महिला चेम्बर अफ कमर्स र युथ चेम्बर अफ कमर्स गठन गर्न आवश्यक रहेको जिकिर गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले ब्यवसायीका हकहितका साथै समग्र सामाजिक क्षेत्रमा चेम्बर अफ कपिलवस्तुले उल्लेखनीय कार्य गरेको उल्लेख गरे । नव निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै प्रदेशसभा सदस्य के.सी.ले लुम्बिनी प्रदेशबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले स्थानीय सरकार चेम्बर अफ कमर्स दुवै एक सिक्काका दुई पाटा भएकाले सबैसँग सहकार्य गरी आर्थिक समृद्धिमा टेवा पु¥याउन अनुरोध गरे ।

नगरप्रमुख अधिकारीले नव निर्वाचित अध्यक्ष महादेव पोखरेल नेतृत्वको चेम्बर अफ कमर्सले हालसम्म दुईवटा ठूला महोत्सव सम्पन्न गर्न सफल भएको, चेम्बरकै एकतले भवन निर्माण कार्य सम्पन्न भएको, कोरोना महामारीको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको स्मरण गराए । नेपाल चेम्बर अफ कमर्स केन्द्रिय सदस्य टंक प्रसाद पोख्रेलले नव निर्वाचित चेम्बर पदाधिकारीलाई बधाई दिंदै समग्र आर्थिक विकासको क्षेत्रमा चेम्बरले अगुवाई गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान जिल्ला सभापति बिष्णुप्रसाद खतिवडा, नेपाल राष्ट्रिय बाणिज्य संघका केन्द्रीय सदस्य टोपलाल पोखरेल लगायतले चेम्बरको सामाजिक योगदानको बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा जग्गादाता टोपलाल पोखरेललाई सो अवसरमा सम्मान गरिएको थियोे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत पदको परीक्षा स्थगित

शाखा अधिकृत पदको परीक्षा स्थगित

बढ्यो डिजेल, पेट्रोलको मूल्य

बढ्यो डिजेल, पेट्रोलको मूल्य

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline