व्यापार संघ कपिलवस्तुको अध्यक्षमा महादेव पोखरेल निर्विरोध चयन भएका छन् । संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा पोखरेलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा जगत प्रसाद पौडेल,प्रथम उपाध्यक्षमा दिपक पौडेल, द्वितीय उपाध्यक्षमा साहिद खाँ, तृतीय उपाध्यक्षमा प्रेमकला पौडेल, कोषाध्यक्षमा नमराज न्यौपाने र सह-कोषाध्यक्षमा नारायण आर्चायको पनि एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा गोपाल प्रसाद बन्जाडे, सचिव होतराज पोख्रेलको सदस्यहरुमा गोविन्द प्रसाद ढुंगाना,ज्ञानु प्रसाद पोखरेल,कमल प्रसाद पाण्डे,नर बहादुर कार्की,विष्णु प्रसाद हमाल,ढुना पन्थी,देवराज ढुंगाना,रेश्मा पाण्डे,गोविन्द बहादुर खत्री र प्रकाश चौधरीको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक शरद अभिकारीले जानकारी दिए । संघमा करिब दुईसय सदस्यहरु आबद्ध रहेका छन् ।