चन्द्रौटा,कपिलवस्तु । सुआहारा कार्यक्रमले भिटामिन कार्यक्रम सफल बनाउना पालिकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम मङ्सिर महिनाको ११ र १२ गते सञ्चालन हुने भएकोले स्वास्थ्य सामाग्री जिल्ला भित्र रहेका १० वटा स्थानिय तह ११०५ जना महिला स्वयमं
सेविकाहरुलाई पालिका मार्फत हस्तान्तरण गरिएको फिल्ड संयोजक कृष्ण शर्माले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमित बढदै गएकोले त्रास समेत बढिरहेको छ । कोरोना विरुद्धको लडाईमा अग्रपंक्तिमा रहि स्वास्थ्यकर्मीहरू संक्रमित हुने संख्या बढदौ रहेको हुनाले सम्पर्कमा सम्पर्क आउनेहरुमा पनि जोखिम हुने सम्भावना बढैको छ ।
भिटामिन ए कार्यक्रमलाई सफल बनाउनको लागि कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रमले शिवराज नगरपालिका को स्वास्थ्य शाखा अधिकृत पुर्णिमा खनाललाई महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर हस्तान्तरण गरेको पालिका पौषण सहजकर्ता नैना पुनले बताइन् ।
२०७७ साल मंसिर ११ र १२ गते राष्ट्रीय भिटामिन ए जुकाको औषधि र बाल भिट्टा वितरण कार्यक्रमलाई सफल बनाउना शिवराज नगरपालिका भित्र रहेको १२० महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रमले स्वास्थ्य शाखा लाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका अधिकृत खनाल र संचारकर्मीहरुको उपस्थिति रहेको थियो। यस अघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण १ महिना पछाडी सारिएको शर्माले बताए । नेपाल सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ ।