यस क्षेत्रका सफल नेतृत्व कर्ता तथा रेडियो भ्वाईसका अध्यक्ष शरद अधिकारीले सम्पुर्ण रेडियो भ्वाईसका शेयर धनी तथा लगानि कर्तालई हिन्दु नेपालीहरुको महान चाड शुभ दिपावली तथा छठको शुभकामना व्यक्त गरेका छन् ।
अधिकारीले स्वादेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुवा,दाजु – भाइ,दिदी-बहिनी हरूमा हिन्दुहरुको महान चाड शुभ दिपावली को सुरूवात धनतेरसको दिन देखि भएकोले सबैको सु- स्वास्थ दिर्घायुको कामना व्यक्त गरे ।
विश्व कोरोना भाइरसले आकान्त भएको र सबैले सामाजिक दुरी कायम गरि महत्वपुर्ण चाड मनाउना समेत आग्रह गरे ।कपुरी अनलाईन संगको कुरा गर्दै रेडियो भ्वाईसको अध्यक्ष पदका लागि सर्व सहमत चयन गरेकोमा सबै लगानी कर्तालाई धन्यवाद दिदै यस चाडले सबैमा भाई-चारको सम्बन्ध कायम हुनेमा आफु विश्वस्त रहेको बताए ।