“गुणस्तरीय आयुर्वेद सेवाका लागि गुणस्तरीय आयुर्वेद औषधी” भन्ने मुल नाराका साथ आज देशभर नै २२ औ
राष्ट्रिय आराेग्य दिवस तथा धवन्तरी जयन्ती २०७७ मनाउँदै छन् ।
खास गरि आयुर्वेद चिकित्सा ब्यावसायसग सम्बन्धित चिकित्सक ब्यावसायी शुभेच्छुक सबैले आज आयुर्वेदका जननी धवन्तरीकाे पुजाआजा गर्दै सुखायु दिर्घायुकाे कामना गरि मनाउँदै छन् ।यसैक्रममा नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ कपिलवस्तु शाखाकाे आयाेजनामा कपिलवस्तु जिल्लाकाे बाणगंगा नगरपालिकाकाे कपिलधाममा राष्ट्रिय आराेग्य दिवस तथा धवन्तरी जयन्ती मनाउने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै बाणगंगा नगरपालिका वडानम्बर ९ का वडा अध्यक्ष ध्रुब बेल्वासेले अहिलेकाे याे विषम परिस्थितिमा आयुर्वेद औषधीले मानव जगतलाई धेरै राहत दिएको र राज्यले यस क्षेत्रमा बिशेष लगानी गर्नुपर्नेमा जाेड दिनुभयो ।
आयुर्वेद र आधुनिक चिकित्सा बिधिलाई एकीकृत गर्दै राेग अनुसारको उपचार विधि अगाल्नु पर्ने कुरा नेपाल औषधी ब्यावसायी संघ कपिलवस्तुका अध्यक्ष डाक्टर धर्मराज भट्टराईले बताउनुभयो । कार्यक्रममा बरिस्ठ याेग गुरु तथा कपिल स्वास्थ्य केन्द्रका संस्थापक आत्मराम आचार्यले कविताकाे माध्यमबाट याेग आयुर्वेदका विभिन्न पक्षमा बाेल्नुभएकाे थियाे ।
कार्यक्रममा कपिलधाम कपिलवस्तुका अध्यक्ष शंकरप्रसाद आचार्यले यश क्षेत्र जडिबुटीकाे भण्डार भएकोले आगामी दिनमा जडिबुटी भण्डारण प्रसाेधन अनुसन्धान जस्ता कार्यका लागि कपिलधामले अावश्यक्ता अनुसारको हल, जडिबुटी बगैंचा आदी सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय सदस्य रमेश खनाल मेलान कपिलवस्तु अध्यक्ष गाेपाल खनाल लुम्बिनी पर्यटन बिकास समिति सदस्य पाेमनारायण पौडेल कपिलमुनी सामाजिक बिकास संस्थाका अध्यक्ष दुर्गा केसी आयुर्वेद चिकित्सक डाक्टर लक्ष्मी भुसाल साना किसान सहकारी संस्थाका अध्यक्ष कुमार मधु बेल्वासे लगायतले बर्तमान अवस्थामा अायुर्वेद सेवा तथा अौषधीकाे महत्त्वका बिषयमा बाेल्नुभएकाे थियो ।
कार्यक्रममा नाथुराम चौधरीले स्वागत गर्नुभएको थियाे भने कार्यक्रम संचालन संघका जिल्ला सचिव बैधराज दिपक पन्थीले गर्नुुभएकाे थियाे । साे कार्यक्रम जिल्ला अध्यक्ष गाेपाल बन्जाडेकाे अध्यक्ष्ातामा सम्पन्न भयो ।