Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

साइकलयात्री लाई व्यापार संघ कपिलवस्तु द्वारा चन्द्रौटामा स्वागत तथा यात्रा सफलताको शुभकामना ।


साइकलयात्री लाई व्यापार संघ कपिलवस्तु द्वारा चन्द्रौटामा स्वागत तथा यात्रा सफलताको शुभकामना ।

चन्द्रौटा,कपिलवस्तु कात्तिक । साइकलमार्फत आन्तरिक पर्यटन प्रवद्धनका क्रममा पश्चिमबाट चन्द्रौटा आइपुगेका विश्व साइकलयात्री पुस्कर शाहको टोलीलाई चन्द्रौटामा भव्य स्वागत गरिएको छ ।

पश्चिम महाकालीबाट यात्रा शुरु गरी विभिन्न स्थानको भ्रमण गर्दै बुधबार चन्द्रौटा आइपुगेका साइकलयात्रीलाई व्यापार संघ कपिलवस्तुले स्वागत गरेको हो । चन्द्रौटास्थित शिवराज रेष्टुरेन्टमा एक कार्यक्रमका बीच व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल नेतृत्वमा संघका पदाधिकारीहरुले साइकलयात्री टोलीलाई स्वागत गरेका थिए ।

साइकलयात्रीलाई स्वागत गर्दै व्यापार संघका जिल्ला अध्यक्ष महादेव पोखरेलले गौतमबुद्धको शान्तिभूमिमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे । आन्तरिक पर्यटन प्रवद्र्धनले भरिपूर्ण पर्यटकीय स्थलहरुको उचित प्रचारप्रसार हुन नसकेको गुनासो गरे ।

पर्यटन प्रवद्र्धनका हिसाबले कपिलवस्तु देशकै गहना हो, विदेशमा कपिलवस्तुको प्रशस्त चर्चा परिचर्चा भएपनि आन्तरिक पर्यटकले नै वेवास्ता गर्दा जिल्लाका पर्यटकीय स्थलहरुको उचित प्रचारप्रसारमा कमी आएको औल्याए ।

“हामी विदेशका विभिन्न स्थानमा भ्रमण जान्छौं तर आफ्नै देशमा प्रशस्त रमणीय पर्यटकीय स्थल छन् तर वास्ता गर्दैनौं” – अध्यक्ष पोखरेलले भने । साइकलयात्रीहरुलाई गौतमबुद्धको राजप्रासादको भ्रमण गरी प्रचारप्रसारलाई तिब्रता दिन पोखरेलले आग्रह गरे । साथै २४ दिने आन्तरिक पर्यटन प्रवद्धनमा निस्किएका साइकलयात्रीहरुलाई सफल यात्राको शुभकामना दिएका थिए ।

साइकलयात्राको नेतृत्व गरेका विश्व साइकलयात्री पुष्कर शाह पश्चिम नेपालको महेन्द्रनगरदेखि पूर्वी नेपालको पशुपतिनगरसम्म साईकल यात्रामा निस्किएको जानकारी दिए । पश्चिमको महेन्द्रनगरबाट शुरु भएको साइकलयात्रा ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्वारी हुँदै बुधबार चन्द्रौटा आइपुगेको बताए ।

उनले बुधबार नै तिलौराकोट हुँदै लुम्बिनीको भ्रमण गर्ने योजना रहेको बताए । त्यसपछि तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काकडभित्तासम्म पुगी यात्राको समापन गरिने पर्यटन व्यवसायीहरुको नेतृत्व गरेका पुस्कर शाहले जनाए ।

आन्तरिक पर्यटन प्रवद्र्धनको लागि नेपाल पर्यटन वोर्डको सन्देश प्रवाह गर्ने उद्देश्यले साइकल यात्रा गरिरहेको उनको भनाई छ । कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्धेश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र बोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न साइकल यात्राले मद्धत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।
टोलीमा शंकर अधिकारी, सुवास केसी, मुक्ति पान्डे, राजेन्द्र सापकोटा, सीएन पान्डे लगायत १५ जना पर्यटन व्यवसायी सहभागीहरुको सहभागिता रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline