Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

श्रीमतिले करवाचौथको पर्व नबसेमा श्रीमानको मृत्यु ।


श्रीमतिले करवाचौथको पर्व नबसेमा श्रीमानको मृत्यु ।

 

रुपन्देही हिन्दु धर्मवलम्बीहरु अनुसार कार्तिक कृष्ण पक्षका दिन थारु मधेशी समुदायका महिलाहरुले महानपर्वका रुपमा थारु, मधेशी समुदायमा गौर पुजा र भारतमा करवाचौथ पुजा भन्ने गरिन्छ । यो पर्व पछि बिवाहको लागि लगन खुल्छ । बिवाहको साईत अर्थात बाटो खुल्छ भन्ने मान्यता रहेको छ ।

फेसबुक मार्फत चाडपर्वका फोटोहरुको लहरले मज्जाले अनुभव गर्न पाईन्छ । हिन्दुहरुको चाडपर्वहरु धर्म, संस्कृति, जाति अनुसार फरक फरक भएता पनि अहिलेको अवस्थामा मिश्रित समुदाय मै बन्दै गएकोले एक अर्काको पर्वमा बुझिनबुझि सहभागिता जनाउने देखिन्छ । यसै सन्दर्भमा थारु समुदायका महिलाहरुले अपाउदै गएको देख्न पाइन्छ । भरखरै कात्र्तिक १९ गते बुधबारका दिन कात्र्तिक कृष्ण पक्षका दिन करवाचौथ पुजा गरिएको छ ।

यस पर्वपछि मधेशी समुदायमा बिवाह र गौना गर्ने कार्य शुरु हुने मान्यता रहेको छ । यो गौर पुजाहिंन्दु शास्त्र अनुसार एउटा कथामा आधारित रहेको मान्यता रहेको राख्दछन् । एकजना साहुकरको सातभाई थिए र एक जना बहिनी थियो । सात जना बुहारी र छोरीले ब्रत बस्नु भयो । साझा सबैभाई खानाखाने बेलामा बहिनीलाई पनि खानाखाने भने बाहिनीब्रत बसेकाले खादैन भनिन तर बाहिनीको अनुहार भोकले ब्याकुल भएको देखेर भाईहरुले पहाडको छेउमा राको बालेर चन्द्रमा निष्कियो पुजा गरेर खाउन भने ।

बहिनीले ७ जाना भाउजुलाई पुजा गर्न भन्दा भाउजुहरु अहिल्यै निस्किदैन त्यो चन्द्रमा होइन भन्दा पनि बहिनीले दाजुहरुको बिश्वास गरेर पुजा गरी खाना खाईन उत्तिकै बेला श्रीमानको मृत्यु भयो । उनले श्रीमानको शरीरलाई लिएर छुट्टै बसिन र अर्को बर्ष बिधिवत रुपमा बर्त गरेपछि उनको श्रीमान जीवीत हुन्छन् र माताको आर्शिवादले धनवान पनि हुन्छन् । यसरी श्रीमानको लामो आयुको लागि ब्रत बस्ने गरेको कथा रहेको र  जूनकी अबैज्ञानिक देखिन्छ ।

यो नै हो हानिकारक परम्परागत सोच यस्ता मान्यतालाई परिवर्तन गर्नु पर्ने अवश्यक छ । मलाई याद छ म पनि यो ब्रत १३ बर्षको हुदा नै बसेकी थिए । अबिवाहित कन्याले ब्रत बसेमा सुन्दर, राम्रो वर प्राप्ति हुन्छ रे । ब्रत कार्तिक कृष्ण चतुर्थिका दिन बस्ने गरिन्छ । ब्रत बस्ने दिनको अघिल्लो रात सर्गहि (राती चारा नबोल्दै खाने समय) खाने चलन छ राति सबैजना एकै ठाउँमा जम्मा भएर सर्गही खाने र ब्रतको दिन अर्ग (पुजा नगरे सम्म) नदिए सम्म पानी पनि नखाने गरिन्छ ।

मैले प्राय देख्थे मेरो घरमा त्यो दिनकुल देवतालाई ढिकरी (फरा) चढाउने, कुबिन्डोको बलि चढाउने र बतसाको पर्सादि बनाउने महिलाहरु सबै बिहानै देखि घरको सरसफाई गर्ने चामलको पिठो ढिकिमा कुट्ने, अझै ढिकरी संग सानो माछा मिठो हुन्छ भन्दै सानो माछा खोजेर ल्याइ पकाउने र रातिमा महिलाहरु श्रृंगार गरेर चन्द्रमालाई हेरेर अर्ग दिने, पुजा गर्ने अनिमात्र खानाखाने गरिन्छ । त्यो दिन महिलाहरुको एक छिन पनि फुर्सद हुदैन । आज सोच्दै छु जो महिलाहरु ब्रत बसेका हुन्छन् उनीहरुलाई पनि अर्ग दिदादिने मन्त्रबारे अनभिज्ञ छन् । किनकि अर्गदिदा जसलाई यो मन्त्र थाहाँ हुन्छ उसैले यो मन्त्र मनमनमै पढेर पुजा गराउने गर्छन । मलाई यो जान्न मन लागेर हजुरामालाई जिद्दी गरेर सोधेपछि मात्र बताउनु भएको थियो ।

 

“अरग देत नाराण उगे उगे चाँद परिक्षेवाती कात्र्तिक मांहअध्य राति बाबा जिए, भईया जिए, सास ससुरके राज बढे चन्दा मैया अरग ला ।” यो मन्त्रले पनि पितृसत्तात्मक सोचले चरिएको छ । यसमा पनि माईतिको बुवाको दाजुभार्ईको लामो आयुको कुरा गरेको छ । भने ससुरालमा सासु र ससुराको नियन्त्रणमा बस्ने आर्शिवाद मागेको देखिन्छ । महिलाको कुनै पनि स्थान दिएको देखिदैन । अधिकांश हिन्दु धर्मका पर्वहरु लैंगिक बिभेदकारी नै छ । समाज परिवर्तन हुदैछ चार्डपर्वका तौर तरीका बदलिएको छ तर पितृसत्तात्मक सोच बदलिएको छैन । जानि नजानि मलजल पाईरहेको छ । धेरै महिलाहरु यो ब्रतबाध्यताले पनि बस्ने गरेका छन् । यदि यो ब्रत बसिएन भने खराब बुहारीको ट्याग लागि हाल्छ । कस्ती बुहारी श्रीमानको लागि त्यति पनि गर्न नसक्ने भनाई खानु भन्दा संस्कारी बुहारीको खोल ओढेर भए पनि गर्न बाध्य हुन्छन् । भारत कि महिला अभियन्ता कमला भाषिन अन्तवार्तामा करवाचौथको कुरा गर्नु भएको छ । कि यदि करवाचौथले श्रीमानको आयु लामो हुने हो भने अमेरीकाको सबै श्रीमानहरु अहिले सम्म त मर्नुपर्ने हो । किन कि अमेरिकामा महिलाहरु करवाचौथ वर्त बस्दैन्न । सोच्ने हो भने यो कुरा सहि पनि हो । जहाँ महिला स्वतन्त्रता छ त्यहा अवसर पनि र र अधिकार पनि छ । त्यो समुदाय, राष्ट्र अगाडि पनि छ र जन्छ पनि त्यसैले जब सम्म हाम्रो समुदायमा यस्ता बिषयहरुमा चिन्तन मानथन, बहस गरिदैन ।

तब सम्म नकारात्मक पितृसत्तात्मक सोचले मलजलपाई नै रहन्छ । जसले लैंगिक बिभेद, असमानता, रुढीवादी परम्परागत संस्कार रहि रहन्छ । आखिर कहिले सम्म यस्ता सामाजिक हानिकारक अभ्यासहरुलाई मलजल दिई जोगाउने, कार्य हुन्छ । हानिकारक ब्यवहार बारे छलफल गरौ, प्रश्न गरौ विचार गर्नु पर्ने कुरा वास्तविक चन्द्रमा नदेखेमा श्रीमतिले खानाखाए पछि श्रीमानको के मृत्यु हुन्छ । यही देशमा महिलाहरुले उक्त वर्त नबस्दा बखिरमा श्रीमानहरु त जीवितै छन । यदि मृत्यु भए पनि एक बर्ष सम्म शव राख्न सकिन्छ राखे पनि मारेको ब्यक्ति जीवीत हुन्छ । भने एकल (विधवा) महिला किन हुन्छन ।

करवाचौथमा उचारण गर्ने मन्त्र त दाईभाई बुवाको लागी हो । तब श्रीमानको मुख किन हेर्नु पर्ने र उक्त ब्रर्त बसेमा श्रीमानको लामो उमेर कसरी हुन्छ । सो व्रर्त बसेर श्रीमानको उमेर लामो हुन्थयो भने यो कोरोना भाइरसको औषधी नखोजी उक्त व्रर्तका लागी सरकार द्धारा आवह्रन हुनु पथ्यो सो पनि भएन । यस्ता आन्धविश्वास महिलाहरुलाई कमजोर बनाउने र लैगिंक हिंसाको बढवा दिने हानिकारक मान्यताको बारेमा छलफल र जवाफ खोजनु पर्ने जरुरी छ । यस्ता हानिकारक तत्व बारे सचेत हौ हामी आफै बाटै शुरुवात गर्नु पर्ने देखिन्छ ।

 धनकुमारी चौधरी सामाजिक अभियन्त

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline