चन्द्रौटा कपिलवस्तु शिवराज जेसिजको बैठकले विभिन्न उप समिति गठन गर्दे बैठक सम्पन्न गरेको छ । शिवराज जेसिजका अध्यक्ष विजय सापकोटाको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा निर्णय गरेको जेसिजका महासचिव बुद्धि सागर सापकोटले बताए । बैठकले आगामी शनिवार साधारण सभा गर्ने समेत निर्णय गरेको सापकोटाले बताए ।
बैठकले संचार संयोजकमा दिपक खड्का,शिक्षा संयोजक यादव चन्द,स्वास्थ्य संयोजक गिता शर्मा,व्यापार संयोजक शिव अधिकारी,युवा संयोजक मनिष बन्जाडे,जन सम्पर्क संयोजक विष्णु भुसाल,स्थानिय संयोजक खेमराज आचार्य,संस्कृति संयोजक भुवन पौडेल,तालिम संयोजक जितेन्द्र मौर्य र पर्यटन प्रवर्धक संयोजक बुलबुल रानालाई चयन गरिएको उपाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । बैठकले जेसिज सप्ताह मनाउना एक सप्ताहका लागि विशेष कार्यक्रम संचालन गरिने अध्यक्ष सापकोटाले बताए ।