चन्द्रौटा । शिवराज नगरपालिका भित्र रहेका क वर्ग र ख वर्ग का अपाड्गता भएका व्यक्तिहरुलाई दशै पर्व मनाउन दशैको कौशेली वितरण गरिएको शिवराज नगरपालिकाका उपमेयर शिव कुमारी थारुले बताइन् ।
नगरपालिका भित्र रहेका ४३ जना क वर्गका अपाड्गता भएका व्यक्तीहरु र ४४ जना ख वर्गको अपाड्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको महिला विकाश शाखा प्रमुख लक्ष्मी कडेलले बताइन् ।
नगरपालिका भित्र रहेका ८७ जना अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरिएको हो । दशैको अवसरमा युनिसेफ नेपालको आर्थिक सहयोग र नगर स्तरिय अपाङ्गता समन्वय समितिको सहकार्यमा नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको छ ।
उनीहरुलाई प्रति व्यक्ति १० किलोग्राम मसिनो हुलासको चामल, २ किलोग्राम दाल, २ लिटर तेल, १ किलोग्राम नुन, टुटपेस्ट, साबुन,टावेल र किशोरीहरुलाई पेड वितरण गरिएको शिवराज नगरपालिका अन्तर्गत युनिसेफका वास कार्यक्रम संयोजक राजेश चौधरीले बताए ।