चन्द्रौटा । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले जनतालाई सरल र सुलभ तरिकाले सेवा दिन वडा स्तरमा आफ्नै भवन हुनुपर्ने बताएका छन्।
शिवराज नगरपालिका वडा न २ को नवनिर्मित वडा कार्यालय भवनको शनिवार उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गरे। नगरप्रमुख अधिकारीले नगरपालिका भित्रका सबै मुख्य सडक कालो पत्रे गरेको दाबि गरे अधिकारीले विकाशको सुचक भित्र सडक भए पनि आफुले शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकता राखि कार्यक्रमहरु संचालन गरेको बताए ।
आफु स्थानिय सरकारको प्रमुख भए संगै नागरिकले अनुभुमि हुने गरि काम अगाडी बढाएको बताए । अहिले कोभिड १९ करोनाको महामारीले गर्दा सोचे अनुसार काम नभएको तर रोग नियन्त्रणमा उतकृष्ट काम गरेको बताए । वडा न २ मा नवनिर्मित भवन ६० लाखको लागतमा निर्माण गरिएको वडा अध्यक्ष राम बहादुर थारुले बताए ।
११ वटा वडा रहेको शिवराज नगरपालिकाले केही दिन अगाडी वडा न ४ को नवनिर्मित भवन उद्धाटन गरि सकेको छ । नगर प्रमुख अधिकारीले वडा न ६,७ मा वडा कार्यालय बनाउने सोच भए पनि विभिन्न अवरोधले गर्दा सफल नभएको दुखेसो पोखे अन्य वडा हरु आफ्नै भवनमा संचालन भई रहेको र जनतालाई सेवा प्रदान गरिएको अधिकारिले बताए । कार्यक्रम नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथियता वडा ११ का वडा अध्यक्ष रामेश्वर वर्माको आतिथ्यता र वडा न २ का वडा अध्यक्ष राम बहादर थारुको अध्यक्षता र वडा सचिव बाबुराम सापकोटाले संचालन गरेका थिए ।