Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मिडिया मालिकको श्रमिकमारा नीति दलाल संसदवादी व्यवस्थाको उपज भन्दै प्रेस सेन्टरका अध्यक्ष जैसीले दिए यस्तो चुनौति कान्तिपुर र कारोबार मिडिया घेराउः एक घण्टे धर्ना सम्पन्न गोविन्दराज नाथ।


मिडिया मालिकको श्रमिकमारा नीति दलाल संसदवादी व्यवस्थाको उपज भन्दै प्रेस सेन्टरका अध्यक्ष जैसीले दिए यस्तो चुनौति कान्तिपुर र कारोबार मिडिया घेराउः एक घण्टे धर्ना सम्पन्न गोविन्दराज नाथ।
काठमाडौं । कोरोनाको कारण देखाउँदै मिडिया मालिकहरुले लामो समयदेखि काम गर्दै आएका श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई मनोमानी रुपमा कामबाट हटाउने, तलब कटौती गर्ने, काम गर्ने वातावरण नबनाउने ढंगको यातना दिदै आएको घटनाको विरोधमा सञ्चालित आन्दोलन चरणबद्ध रुपमा अघि बढेको छ ।
पीडित पत्रकार तथा कर्मचारीहरुको न्यायका पक्षमा आज सम्पन्न विरोध कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीले कोरोनाको कृतिम समस्या कारण देखाउँदै मिडिया मालिकहरुले अबलम्बन गरेको श्रमिकमारा नीति मुलुकमा विद्यमान दलाल संसदवादी व्यवस्थाको उपज भएको बताए ।
आज दिउँस ३ः३० बजे बुद्धनगरस्थित कारोबार मिडियामा गरिएको घेराउ तथा धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले त्यस्तो बताएका हुन ।
अध्यक्ष जैसीले राज्यव्यवस्था नै दलालीकरण, भ्रष्टिकरणमा लिप्त भएको भन्दै त्यो जनविरोधी व्यवस्थाका हिमायतिहरुले नै विभिन्न क्षेत्रमा रहेका श्रमिक, मजदूर, किसान, कर्मचारी तथा श्रमजविी वर्गमाथि अन्याय, अत्याचार गरिरहेको आरोप लगाए ।
उनले भने–‘दलाल व्यवस्थामा सबैतिर यस्तै समस्याहरुले स्थान लिन्छन्, न्यायका आवाजहरुमाथि दमन गरिन्छ । यतिबेला मुलुकमा नागरिकले राज्यको उपस्थिति नागरिकको हितमा पाएका छैनन । हामी राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारहरु पनि आज सडकमा जनन्यायीक राज्यको उपस्थिति खोजिरहेका छौ । हाम्रा साथीहरुमाथि अबैधानीक रुपमा बेरोजगार बनाइएको छ, तर राज्य व्यवस्था चुप छ ?’
अध्यक्ष जैसीले पत्रकार तथा कर्मचारीहरुले भोगिरहेको समस्याहरुलाई मालिक र श्रमिकवर्गको अन्तरविरोधका रुपमा व्यख्या गर्दै श्रमिकमारा मालिकहरुका विरुद्ध संघर्षको प्रकृयालाई घनिभूत बनाउँदै अघि बढ्नुपर्ने बताए ।
उनले उक्त समस्या रुपमा मिडिया मालिकसँग जोडिएपनि सारमा त्यो दलाल संसदीय व्यवस्थाको उपज भएको भन्दै समस्याको दिर्घकालिन समाधानको लागि जनपक्षीय पत्रकार तथा आम उत्पििडत वर्ग, जनसमूदायहरुले जनन्यायीक व्यवस्थाका पक्षमा निर्णायक संघर्ष गर्नुपर्नेमा जोड दिए ।
उनले मिडिया मालिकले ‘चाहिदा भाँडो, नचाहिदा ठाँडो’ का रुपमा श्रमिक वर्गलाई उपभोगको साधनका रुपमा लिनु गलत भएको भन्दै जहिले पनि श्रमिक वर्ग उत्पादन र विकासको साध्य हुने भन्दै श्रमिकहरुको राज्यले सम्मान गर्ने संस्कार नबनाएकाले पटक पटक श्रमिक वर्गमाथि यस्ता विभेद, पीडाहरु थोपरिने गरिउको तर्क गरे ।
उनले मिडिया मालिकहरुलाई आन्दोलनले अघि सारेका मागहरुबारे गम्भीर भएर छलफल, वार्ताका माध्यमबाट समस्या समाधान गर्न सुझाव दिए । उनले चेतावनी दिदै भने–‘आन्दोलनलाई कमजोर ठानिएमा वा माग पुरा नगरेमा त्यसको परिणाम नराम्रो हुनेछ । चेतना होस् एकात्मक राज्यव्यवस्था र त्यससँग जोडिएको राजतन्त्रलाई पनि न्यायोचित आन्दोलनले ठिक पारेको थियो, इतिहासमा न्योचित आन्दोलनले हारेको छैन ।’
उनले मुलुकमा लोकतान्त्रीक गणतन्त्र आइसक्दा पनि राज्यको कानुन अनुसार सञ्चालित भएका मिडियाहरुले त्यसको कार्यान्वयन नगर्दा पनि छुट पाइरहेको अवस्थाले यो पुरै दलालहरुको हातमा रहेको संकेत गरेको बताए । उनले आफुहरुले चलाएको आन्दोलनलाई ‘आगोको झिल्को’ रुपमा संकेत गर्दै भने–‘बनमा आगोको एक झिल्कोले पुरै डढेलो लगाउँन सक्छ, होस गर श्रमिकमारा मालिकहरु तिम्रा प्रवृति विरुद्ध सल्किदै गरेको आन्दोलको झिल्कोले त्यसलाई खरानी पार्ने निश्चित छ ।’
पीडित पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समिति र नेपाल पत्रकार महासंघ श्रमजीवी हक, हित पर्वद्धन समितिको आयोजनामा भएको उक्त विरोध कार्यक्रममा क्रान्तिकारी पत्रकार संगगठनका केन्द्रीय सदस्य करन बडाल, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति टेनिस रोका, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियनका अध्यक्ष केदार गिरी लगाएतले समेत पीडित पत्रकार र कर्मचारीको समस्या समाधान गर्न मिडिया मालिकहरुलाई चेतावनी दिएका थिए ।
त्यस्तै दिउस २ः३० बजे कान्तिपुर मिडियामा भएको अर्को धर्ना कार्यक्रम पनि आज सम्पन्न भएको छ । संघर्ष समितिका संयोजक, पत्रकार धर्मेन्द्र कर्णको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव लक्ष्मी पुनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य जानुका वराल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, कान्तिपुर टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष निर्मला बस्नेत, दलित पत्रकार संघका उपाध्यक्ष गोपाल बराईली, प्रेस सेन्टर नेपालका प्रदेश तीनका अध्यक्ष सुमन वाङ्देल लगाएतले समेत सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा प्रेस संगठन, प्रेस युनियन, प्रगतिशिल पत्रकार संघ लगाएत विभिन्न ट्रेड युनियन संगठनका नेताहरुले समेत सम्बोधन गरेका थिए । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले आन्दोलनमा उत्रिनु पीडित पत्रकार र कर्मचारीहरुको बाध्यता भएको भन्दै त्यसमा महासंघले पूर्ण साथ दिने बताए ।
उनले श्रमिकहरुले उठाएका मागहरु जायज भएको भन्दै त्यसलाई मिडिया मालिकहरुले तत्काल समाधान गनुपर्ने बताए । उनले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गराउन सरकारले समेत ध्यान दिदै त्यसमा कडाई गरेर समस्या समाधान गनुृपर्ने बताए ।
कार्यक्रममा सहभागि अधिकांश वक्ताहरुले राज्यनिकायलाई श्रमजीवी पत्रकार ऐनको कार्यान्वय नगर्ने मिडिया हाउसमाथि कारबाहाी गर्नुपर्ने धारणा राखेका थिए । राज्यले समस्या हेरेर बस्नुले श्रमिकमारा मिडिया मालिकहरुलाई बल पुगेको भन्दै उनीहरुले सरकारको आलोचना समेत गरेका थिए ।
वक्ताहरुले आन्दोलनलाई अझ ब्यवस्थीत र कडाईतिर लैजानुपर्ने धारणा राखेका थिए । विभिन्न संघ, संगठनहरुले आन्दोलनमा आफ्नो एक्यवद्धता रहेको बताउँदै आन्दोलनलाई निर्णायक बनाउन सुझाव समेत दिएका थिए ।
उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, संघ संगठनका नेता, कार्यकर्ताहरु समेत गरी करिब तीन दर्जन बढिको उपस्थिति रहेको थियो । कार्यक्रम भोलिपनि निरन्तर हुने बताइएको छ । भोलि नागरिक दैनिकमा र नेपाल आजमा धर्नाको कार्यक्रम यसअघि नै संघर्ष समितिले घोषणा गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline