कपिलवस्तु, तौलिहवा ।  प्रदेश नं  ५  को राजधानी दाङ्गको भालुुबाङमा प्रदेश सरकारले प्रस्ताव लगे पछि कपिलवस्तु लाई नै राजधानी बनाउनु पर्ने भन्दै दवाव स्वरुप शनिबार देखि कपिलवस्तुमा रिले अनशन सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय तौलिहवा प्रशासनको छेउमा रिले अनशन शुरु गरिएको छ । अनशनमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलको अगुवाईमा ५ जनाले अनशन सुरु गरेको पौडेल ले बताएका छन । पहिलो दिन अनशनमा समाजसवीे रउफ अहमद खा, अशोक गुप्ता, संतोाष कसौधन र बृजेश भटरा बसेका छन्

बुद्धको नाम बाट ५ नं प्रदेश चिनिने हुदा ईतिहास बोकेको प्राचिन शहर कपिलवस्तुलाई नै राजधानी बनाउनु पर्ने समाज सेवी रउफ अहमद खा बताउन्छन । एक पटकमा चार घन्टा रिले अनशन बस्ने जनाइएको छ ।