उर्मिला यादव । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको विभिन्न स्थानबाट २ वटा जर्सी गाई सहित १ लाख ७१ हजार ५ सय मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ।
प्रहरीको अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलिले बिहिवार बिहान भारतबाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको २ वटा जर्सी गाइ सरावल गाउपालिका वडा नम्बर ४ ललितपुरबाट नियन्त्रणमा लिएको छ । मानिसले गाई डोरयाउदै ल्याउदै गर्दा प्रहरी टोलिलाई देखि गाई छोडेर भागेको प्रहरीले जनाएको छ ।
गाइको प्रती गाइ लगभग चालीस हजारका दरले २ वटा गाइको जम्मा ८० हजार मुल्य रहेको र दुबै गाइलाइ आवश्यक कारवाहिका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।त्यस्तै गरि बिहीवार नै प्रहरी चौकी भुजहवाको प्रहरी टोलिले नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी १३ हजार ५ सय मुल्य बराबरको ७ बोरामा २ सय २५ किलो हरियो केराउ सरावल गाउपालिका वडा नम्बर ७ बर्गदवाबाट बरामद गरेको छ ।
त्यस्तै गरि बिहिवार नै ईलाका प्रहरी कार्यालय अमानिगन्जबाट खटिएको प्रहरी टोलिले नेपाल बाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको लगभग ७८ हजार मुल्य बराबरको २५ बोरामा ९ सय ७५ किलो हरियो केराउ पाल्हीनन्दन गाउपालिका वडा नम्बर २ मुडेराबाट बरामद गरेको जनाएको छ । उत्त केराउ मानिसले साइकल तथा मोटरसाइकलमा राखी लैजादै गर्दा प्रहरी टोलिलाई देखि बोरा फाली मानिस भागेका थिए ।आज बरामद भएका २ जर्सी गाई र १ हजार दुई सय किलो हरियो केराउ आवश्यक कारबाहिका लागि महेशपुर भन्सार कार्यालयमा बुुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।