चन्द्रौटा कपिलवस्तु । शिवराज नगरपालिकामा गठन भएको अपाङ्गता समन्वय समितिको बैठक समितिको संयोजक शिवकुमारी चौधरीको अध्यक्षतामा शिवराजमा नगरपालिकामा विभिन्न निर्णय गरि सम्पन्न भएको समितीका सदस्य सचिव लक्ष्मि कडेलले बताइन् ।
समितिको बैठकले प्रत्येक महिनाको १५ गते शिवराज नगरपालिकाहरुको वडाहरुमा अपाङ्गता परिचय पत्र वितरणका लागि धुम्ति शिविर संचालन गरिने चौधरीले बताइन । पुर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र घरमा पुगि दिने सोचका साथ निर्णय गरिएको चौधरीले बताइन् ।
बैठकले जोखिममा रहेका र उपचार गराउना नसक्ने अति गरिब अपाङ्गता भएका व्यक्तिहरुलाई उपचारमा सहजताका लागि अपाङ्गता संरक्षाण कोष कार्य विधि निर्माण गरि विधेयक समितिमा पठाइको स्वास्थ शाखा प्रमुख चुडामणि भट्टराईले बताए । बैठकमा आमन्त्रित सदस्यको रुपमा उपस्थित रहेका शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले समितिले गरेको कामको प्रशंसा गर्नु भएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरुको जोखिम न्युनिकरण गर्न बनाइएको कार्यविधिले यस क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुको हितमा काम गर्ने कुरामा आफु विस्वस्त रहेको अधिकारीले बताए । बैठक शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी चौधरीको अध्यक्षता नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यिता र सदस्य सचिव लक्ष्मि कडेलको संतालनमा सम्पन्न भएको थियो ।