प्रिन्स मिश्रा, कपिलवस्तु । कृष्णनगर १४ असोज मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राती १० बजेको समयमा बिषेश सुराकीको आधारमा चेक जांचमा खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका वडा नं २ स्तिथ बुद्धा आयल ट्रेडर्स नजिकै लागू औषध ( अफिम ) बरामद गरेको छ ।
कृष्णनगर तर्फ हाकी लिई आउदै गरेको लु १ ह १५७ नं को टेम्पो रोकी चेक जाँच गर्ने क्रमामा सोही टेम्पोमा सवार रहेकी जिल्ला रोल्पा कुलेरी गाउँपालिका वडा नं १ कुलेरीकी वर्ष ४९ की सीता रोकालाई चेक जांच गर्दा प्लास्टिकमा बेरेर लुकाई छिपाई राखेको ७ किलो ५०० ग्राम ( साढे सात किलो) लागू औषध ( अफिम ) बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ ।
लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भएको छ।