अर्जुन बेल्बासे,चन्द्रौटा । कोभिड १९को महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप विजय अनुरागीको शब्द सृजनामा ‘ दोषी ’वोलको गीत सार्वजनिक भएको छ।
पछिल्लो समय नेपाली सांगितिक जगतमा राम्रो छवि वसाल्न सफल गायक गणेश अधिकारी र देवि विश्वकर्माको आवाजमा ‘ दोषी ’ बोलको गीत सार्वजनिक भएको हो । विजय अनुरागीको शब्द सृजना तथा लय रहेको गितको भिडियोमा आशिर प्रताप जंग र शारीका के सी को उत्कृष्ट अभिनय रहेको छ ।
विजय अनुरागि निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन आशिर प्रताप जंगले गर्नु भएको भिडियोेमा बालकलाकारमा माहि गिरी को पनि अभिनय रहेको छ ।
भिडियो सहित योग्सना डिजिटलको आधिकारीक युट्युब च्यानलमार्फत गीत बाहिर आएको हो । संक्रमणको अवस्थामा सिमित व्यक्तिहरुको उपस्थिति गराई भिडियो निर्माण गरी कोभिड १९को प्रकोपबाट आजित दर्शकहरुलाई यस्तो गीत तथा भिडियोले सांगीतिक मनोरन्जन प्रदान गर्नेछ भन्ने कुरामा गीतकार तथा निर्माता विश्वस्त रहेका छन् ।
अनुरागी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालीका वडा नम्वर१० बर्रेका सागिंतिक क्षेत्रमा सानै देखि रुचि राख्ने सृजनशिल युवा हुनुहुन्छ ।उहाँ अहिले बैदेशिक रोजगारको शिलशिलामा तेस्रो मुलुकमा रहनु भएको छ ।