Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

 नेपाल वि.ओ.पी. डालपुर र भिल्मीको भवन उद्घाटन गरिमा खस्किने गतिविधिमा नलाग्न सशस्त्र डीआईजीको निर्देशन ।


 नेपाल वि.ओ.पी. डालपुर र भिल्मीको भवन उद्घाटन गरिमा खस्किने गतिविधिमा नलाग्न सशस्त्र डीआईजीको निर्देशन ।

कपिलवस्तु । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधानले आफ्नो संगठनको गरिमामाथि आँच आउने खालका कुनै पनि गतिविधिमा नलाग्न मातहतका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्य क्षेत्रमा खटिँदा उच्च अनुशासन, उच्च लगाव राख्दै मानव अधिकारको संरक्षण, भ्रष्टाचारमा शुन्य सहनशिलताको सिद्धान्तलाई अपनाउन र लैँगिक हिंसा जस्ता कार्यमा नहुन निर्देशन दिएका हुन् । डीआईजी प्रधानले जिल्लाको अति विकट सुदुर पश्चिम विजयनगर गाउँपालिका ५, डालपुरमा निर्मित भवनको उद्घाटनपछि कृष्णनगर नगरपालिका ६, भिल्मीमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी.को नवनिर्मित भवन उद्घाटन गरेका थिए ।

भवन उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले अन्तर्राष्ट्रिय सीमा नाकाको सुरक्षा, अबैध निकासी पैठारी, हातहतियार, लागूऔषध, मानव तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा, अमन चयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जिल्लामा बि.ओ.पी.को स्थापना गरिएको बताए ।

सरकारले दिएको नीतिनियम तथा निर्देशनलाई पालन गर्नुको साथै जिम्मेवारी निर्वाह गर्दै आएको र सफल पनि भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले दाबी गरे । सशस्त्र प्रहरी बलका राष्ट्रसेवक कर्मचारीले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा समेत व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी प्रधानले डर, त्रास, धम्की दिने व्यक्तिलाई कानुनी दायरामा ल्याई जनतालाई अमन चयन कायम हुने गरी सुरक्षा दिइरहेको दावी समेत गरे । वि.ओ.पी स्थापना गर्न प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग स्थानीय तह, संघसंस्था, समाजसेवी एवं जनसमुदायलाई समेत धन्यबाद ज्ञापन गरेका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पी. भिल्मीको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खाँले नागरिकको जीउधन रक्षा र सीमा सुरक्षामा सशस्त्रले ठूलो योगदान पुर्याएको बताए । साथै प्रहरीको सकारात्मक काममा नगरपालिका र जनसमुदाय प्रहरीको साथमा रहेको समेत प्रतिबद्धता जाहेर गरे ।

पछिल्लो समय विश्वमा फैलिएको कोरोना भाइरसको बन्दाबन्दीका बेला सशस्त्रको अहम भूमिका रहेको भन्दै मेयर खाँले सशस्त्रको प्रशंसा समेत गरे । यता सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पी. बिजयनगरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि बिजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले यस विकट क्षेत्रमा वि.ओ.पी.को स्थापना भएमा खुशी व्यक्त गर्दै मानव बेचविचन रोक्न, अबैध धन्दा र सामाजिक विकृति न्युनीकरणमा सशस्त्रको अहम भुमिका रहेको औल्याइन् । कोभिड–१९ जस्तो महामारीको बेला पनि जनतालाई शान्ति, सुरक्षा र सचेतीकरणमा सशस्त्रको ठूलो योगदान रहेको उपाध्यक्ष चौधरीले जिकिर गरिन् । साथै समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न र अबैध गतिविधि रोक्न कार्यमा प्रहरी जनता हातेमालो गरी अगाडि बढ्ने समेत प्रतिबद्धता जाहेर गरिन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीले कार्यपत्र प्रस्ुतत गरेका थिए । समग्र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न र अबैध कार्य रोक्नका साथै सीमा सुरक्षामा सशस्त्रले अहम भूमिका खेल्दै आएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले दाबी गरे ।

कार्यक्रमको अवसरमा वि.ओ.पी. डालपुरको भवन १करोड ९६ लाख बढीको आर्थिक लागतमा निर्माण कार्य सम्पन्न भएको र वि.ओ.पी.भिल्मीको भवनमा ७५ लाख ९० हजार ४सय २३ रुपैयाँको लागतमा सम्पन्न भएको जानकारी दिए । दुवै वि.ओ.पी. भवन उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, स्थानीय बुद्धिजिवी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline