नियम बिपरित बिकास योजना संचालन
सुरेश कुमार पाण्डे २३ भदौ, कपिलवस्तु । जिल्लाको शुद्धाेधन गाउँपालिकाको आ.व. २०७६/०७७ मा शुद्धोधन गाउँपालिका वडा नं ३ महतिनियामा खोप केन्द्र निर्माणको लागि रु. तीन लाख छुट्याइएको थियो । गत आर्थिक वर्षको रकम छुट्याएर योजनाको ३० प्रतिशत जति काम गरिएको थियो ।

समितीले काम ३० प्रतीसत मात्र गरेको भए पनि भुक्तानी भने १०० प्रतिशत भएको स्थानीय र जनकल्याण युवा क्लब शुद्धाेधन गाउँपालिकाका अध्यक्ष पृथ्वी राज चौधरीको दावी रहेको छ । चौधरीले भने,”शुद्धोधन गाउँपालिका अन्तर्गत वडा नं ३ महतिनियामा खोप केन्द्र निर्माणको लागि रु. तीन लाख छुट्याइएको थियो । आर्थिक वर्ष समाप्त भइ सकेको छ, काम अधुरो भए पनि योजनाको १०० प्रतीसत भुक्तानी भएको छ । यस विषयमा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली संग सोधपुछ गर्दा, उनले आफ्नो गल्ती स्विकार्दै भने,” हामी संग यस्तो गल्ती भएको छ र तपाईहरुले यसबारेमा खबरदारी गरेर धेरै राम्रो गर्नु भयो” सो योजनालाई हामी अर्को आर्थिक वर्षमा सम्पन्न गर्ने छाै” भन्ने आश्वासन दिएका थिए। सो योजनको लगभग ७०-८० हजारको काम गरेर पुर्ण भुक्तानी गर्नु गैर कानुनी हुँदा-हुँदा पनि इन्जिनियर, ओभर सेयर र प्रमुख प्रशासकीय अधिकृत एवम् उपभोक्ता समितिले किन पुर्ण भुक्तानी गरे? भन्ने जनताले प्रश्न रखेका छन ।
यस विषयमा थप अनुसन्धानका लागी स्थानीय पत्रकार प्रभुनाथ गुप्ताले भदौ १० गते सो योजनको विषयमा सुचना माग गरेका थिए । यस विषयमा पत्रकारले अनुसन्धान थाली सकेको देखेर योजनाको समितीले आ वा २०७६/०७७ को अधुरो कार्य पुनः सञ्चालन गरेको छ । सर्वसाधारण जनता एवम् कृषकहरुको आँखामा कसिङ्गर हालेर यस्तो गैर कानुनी कार्य गर्न स्थानीय सरकार माथि ठूलो चुनौति रहेको स्थानियले बताउँछन ।
शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली संग यस विषयमा औपचारिक ढंगले थप अनुसन्धानका लागि गाउँपालिका संग माग गरेको सुचना बारे जानकारी लिन खोज्दा उनको कल उठिएन। पटक पटक कलका बाबजुद कल नउठेको र पत्रकार गुप्ता प्रत्यक्ष गाउँपालिकाको कार्यालय जन्दा समेत प्रशासकीय अधिकृतले सुचना नदिएको पत्रकार गुप्ताले जानकारी दिए । कल नै नउठे पछी पत्रकार गुप्ता आफू बाध्य भएर अन्तत नील खबर अनलाइन मिडियाका अध्यक्ष अजय पाठक संग यस विषयमा गुहारो मागे ।
अध्यक्ष पाठकले गाउँपालिकाका अधिकृतलाई कल गर्दा, हाल जिल्लामा लकडाउन भएको कारण हामी घर मै बसेर पालिकाको काम गरिरहेका छाै। गाउँपालिका बन्द रहेको र लकडाउन खुल्ने लगत्तै हामी पत्रकार गुप्तालाई सूचना उप्लब्ध गराउने पालिकाका अधिकृत ज्ञवाली जानकारी दिए ।
तर पत्रकार गुप्ताले गाउँपालिका खुल्छ-खुल्दैन भन्ने विषयमा अनुसन्धान गर्दा गाउँपालिका दैनिक रुपमा खुली रहेको छ, सेवाग्राहीहरुले दैनिक रुपमा सेवा पाई रहेको पत्रकारले लिएको फोटोले स्पष्ट पार्छ । शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली समेत आफ्नो कार्य कक्षमा उपस्तिथित छन ।
सुचना अधिकृतले यस बारेमा आफुलाई प्रमुख प्रशासकीय अधिकृतको कुनै पनि निर्देशन नआएको जानकारी दिए । यसबाट गाउँपालिका कत्तिको गैरजिम्मेवार रहेको स्पस्ट बुझिन्छ । आफू कार्यालय कक्षमा उपस्थित हुँदा हुँदै पनि पालिका खुलिरहेको छैन, आफू कार्यालयमा उपस्तिथित नरहेको भन्भन्नु एउटा जिम्मेवार पदमा बसेको कर्मचारीले पत्रकार संग झुठ बोलेर सुचना लुकाउनु कानुन अपराध हो । यस विषयमा सम्बन्धित निकाय तथा सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ र कानुन बिपरित कार्य गर्नेलाई सो सम्बन्धित कानुनमा भएको व्यवस्था अनुसार कार्वाही गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























