चन्द्रौटा शिवराज नगरपालिका अन्तरगत संचालित माध्यमिक बिद्यालयहरु विच अन्तराष्ट्रिय साक्षरता दिवस, २०७७ को अवसरमा “कोभिड–१९ न्यूनिकरणमा बिद्यार्थीको भूमिका” विषयक नगर स्तरीय बक्तृत्वकलाको आयोजना गरिएको शिवराज नगरपालिकाका शिक्षा प्रमुख उप सचिव लोकराज पन्थीले बताए । अनलाइन कक्षालाई समयमा सुचारु र व्यवस्थापनमा गर्न शिवराज नगरपालिकाका सुचना प्रविधि अधिकृत दिपक पौडेल र कम्पुटर अपरेटर प्रकाश वि क.ले प्रावधिक सहयोग गरेका थिए ।
नगर भित्र रहेका प्रत्येक माध्यमिक बिद्यालयका कक्षा ९–१२ मा अध्ययनरत १ जना बिद्यार्थी सहभागी हुने गरि प्रतियोगिता आयोजना गरिएको शाखा अधिकृत पुर्ण बहादुर विश्वकर्माले बताए । कोभिड-१९ न्युनिकरणमा बिद्यार्थीको भुमिका विषयमाबक्तृत्वकला प्रतियोगितामा ९ वटा बिद्यालयहरुको सहभागिता रहेको विश्वकर्माले बताए ।
कार्यक्रममा दुर्गा भगवती मा. वि नयाँ वस्ती, राष्टिय मा.वि चन्द्रौटा, बाल शिक्षा मा.वि, हल्लानगर, समयथान मा.वि, प्रकाश मा.वि, शिवगढी इङ्गलिस, सरस्वती मा.वि, जनचेतना मा वि लक्ष्मणपुर र नेपाल आदर्श मा वि शिवपुरका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सम्पन्न गरिएको बक्तृत्वकला प्रतियोगिताको नतिजा बुधवार प्रकाशन गरिने उप सचिव पन्थीले बताए । बक्तृत्वकला प्रतियोगिता कार्यक्रमको अध्यक्षयता शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले गरेका थिए भने अतिथिको रुपमा शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल र शिक्षा प्रमुख लोकराज पन्थीले अनलाईन मार्फत बक्तृत्वकला प्रतियोगिता अवलोकन गरेका थिए ।
अनलाइन मार्फत गरिएको प्रतियोगिताको मुल्याङ्कनकर्ताको भुमिकामा शिक्षा विकाश तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे संयोजक, जनता मा.वि पिपराका उज्जल अधिकारी र नरहरपुर मा.वि रुपन्देहीका थिरलाल न्यौपाने सदस्यको रुपमा सहभागी भएका थिए ।