Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

विजय रामको घटना लिएर प्रदेश नं.५ मा दवाव मुलक कार्यकम


विजय रामको घटना लिएर प्रदेश नं.५ मा दवाव मुलक कार्यकम

प्रदेश नं. २ को रौतहट जिल्लामा दलित समुदायका ब्यक्ति माथी क्रमिक रुपमा घटना भईरहेको कारणले देश ब्यापी रुपमा दलितहरु आन्दोलित भएका छन सोही सन्दर्भमा प्रदेश नं. ५ का कपिलवस्तु जिल्लामा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरवार काठमाण्डौंमा पठाउनका लागी प्रमुख जिल्ला अधिकारी श्री दिघ्र्र नारायण पौडेल लाई बुझाईएको छ ।

कपिलवस्तु जिल्लाका दलित आगुवा, अधिकार कर्मी, समाजसेवी, पत्रकार, मानव अधिकार कर्मी, संघ संस्थाका प्रतिनिधिहरुको सौयोंको सकृय सहभागितामा ज्ञापन पत्र राम शरन रैदासले पढी प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दा दलित समुदायको अगुवा र दलित मानव अधिकार संगठनका अध्यक्ष इनद्र प्रसाद हरिजन, माहुरी होमका अध्यक्ष रविन्द्रनाथ ठाकुर, नेपाल बाल गृहका अध्यक्ष राजु अर्याल, दलित अधिकार कर्मी मीना परियार, पत्रकार चिन्ता परियार र नेपाल दलित संघका केन्द्रिय सदस्य राम देव पासी र समाजसेवी तथा दलित अगुवा संजय पासी लगायतका ब्यक्ति बुझाएका छन ।

रौतहट जिल्ला गरुडा न.पा. वाड नं. ८ स्थित नन्दलाल रामको छोरा बर्ष १७ को निरन्जन राम विगत ६ बर्ष देखी गरुडा स्थित सच फलफुल नर्सरीमा काम गर्दै आएको र दिनहुँ काम गर्ने क्रममा कहिले घरजाने तथा कहिले नर्सरी मै बस्ने गर्दै आएकोमा मिति २०७७ श्रावण ३१ गतेका दिन काम गर्न गएको र बेलुका घरबाट आमाले बोलाउन जाँदा नर्सरी मालिकले आज बर्थडे छ, यही खान्छ र बस्छ । भोली घर आउँछ, तपाई चिन्ता नलिनुस भनेपछि निरन्जन रामको आमा घर फर्केको तर भोली पल्ट बिहान उक्त नर्सरी पछाडी निरन्जन रामको विभत्स तरिकाले घाँटी रेटि हत्या भएको उनको लास भेटिएको थियो ।

मृतकका पिता नन्दलाल रामले नर्सरीका साहु राजाराम साह, लखन साह बनिया, राजगिर साह बनिया र शेख आजाद समेत गरी ४ जनाको नाममा जाहेरी दिए पनि प्रहरीले ति मध्ये आजाद शेखलाई मात्रै पक्राउ गरेको छ । राजाराम साह, लखन साह बनिया, राजगिर साह बनियाका नाममा जाहेरी नदिन प्रहरीले मृतक परिवारलाई दबाब दिदैआएको थियो । मृतक परिवारले दिएको जाहेरी दर्ता नगरी प्रहरीले आफै प्रतिबेदन बनाएर बिजय राम समेत गरी ७ जनालाई पक्राउ ग¥यो । निरंजन रामको हत्याको आरोपमा पक्राउ परेका विजय महरालाई इलाका प्रहरी कार्यालय गरुडामा राखेको थियो ।

बिजयका बुवाका अनुसार “हिरासत कक्षमा पक्राउ पश्चात आर्थिक प्रलोभनमा परि वास्तविक दोषीलाई जोगाई मेरो छोरालाई फँसाउन साविती बयान दे’’ भन्दै प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र अन्य ३ जना नाम, थर, दर्जा थाहा नभएका प्रहरीहरुले मेरो छोराको टाउको, पिठ्यँु, खुट्टा, कम्मर र हिपमा लाठी, बुट, मुक्का र प्लास्टिकको पाइपले पटक पटक गरी तिन दिन सम्म घोप्टो पारी, उल्टो झुण्डयाई, कुटपिट गरी, हातको औलामा करेन्ट समेत लगाई शारीरिक यातना दिएको कारण मेरो छोरा विजय राम (महरा)को मृगौला तथा टाउकोमा अत्याधिक चोट लागि दिसा र रगत बग्ने भएको थियो । यातनाका चोटको कारण मेरो छोरा निज वेहोस भएपछि इलाका प्रहरी कार्यालय गरुडाले पर्सा जिल्लाको बिरगञ्ज स्थित नेशनल मेडिकल कलेजको आईसियु वार्डमा उपचार गराइरहेको अवस्थामा मिति २०७७ भादौ ११ गते राति अन्दाजी १ बजे मृत्यु भएको हो ।

” मृतक बिजय रामका बुवा पनिलालको भनाई रहेको छ । ति दोषीहरु पक्राउ गरी कानून बमोजिम कार्यवाहीका लागी माँग गरिरहेका छन । यो घटना देश ब्यापी रुपमा भएको छ तर नेपाल सरकारले खासै दलितहरुको अवाज सुनी रहेको छैन । यस बारेमा समाजसेवी संजय पासी, इन्द्र प्रसाद हरिजन र रामचन्द्र कोरीले सहभागी तथा रैलीमा जनकारी दिएका छन । यस्ता घटना नदोहरियो र कानून बमोजिम तत्काल न्याय होस भन्ने सन्दर्भ ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय कपिलवस्तु द्धारा तपसीलका माँग राख्दै प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।

१.इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाका कारण विजय राम(महरा)को मृत्यु भएको घटनाको जाहेरी दर्ता गरी आरोपित प्रहरी कर्मचारीहरुलाई पक्राउ गरी थुनामा राखी दोषीहरु उपर कानूनी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपुर्ति समेतको व्यवस्था गरियोस । २.निरञ्जन रामको हत्यामा संलग्नहरुलाई अबिलम्ब पक्राउ गरी कानुनी दायारामा ल्याई हदै सम्माको कार्यवाही गरियोस । ३.भविष्यमा यस्ता मानवता बिरोधी घटनाहरु नदोहोरिने सुनिश्चितता गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं । ४.लकडाउनको अवधिमा मधेशमा मात्र १४ जनाको हत्या भएको छ ।

दुःखका साथ भन्नु पर्दछ कुनैपनि घट्नामा राज्यका तर्फबाट चित्तबुझ्दो न्याय प्राप्त भएको छैन । त्यसैले आजको सभ्य समाजलाई मात्र होइन सिंगो व्यवस्थालाई नै चुनौतिका रुपमा रहेका यस किसिमका निकृष्ट अपराधी घट्नाहरु दोहोरिन नदिन नेपाल सरकारका तर्फबाट विशेष योजना घोषणा गरियोस । ५.विगतका यस्ता घटनाहरु माथि राज्यका जिम्मेवार निकायका पदाधिकारीहरु नै दोषीलाई कारबाहीवाट जोगाउन लागि पर्ने गरेकोले नेपाल प्रहरी संलग्न यस्ता घटनाहरु पटक पटक घटिरहने गरेको छ जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छबी नराम्रो हुने गरेको तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline