कपिलवस्तु
कपिलवस्तुमा थप भदौ ३१ गते सम्म निषेधाज्ञा जारी भएको छ । पछिल्लो समय थप भएको एक हप्ताको निषेधाज्ञा आज २२ गते राति १२ बजे सकिने हुनाले दिउँसो बसेको बैठकले निषेधाज्ञा लाई थप ९ दिन गरी भदौ ३१ गते राति १२ बजेसम्म लम्बाएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा निषेधाज्ञा जारी राखिएको र पसलहरु विहान ८ बजे देखि १ बजेसम्म खोल्न सकिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गरिएको छ । निजी सवारी साधन हरु लाई जोर गते जोर नम्वर र विजोर गते विजोर नम्वरले संंचालन गर्न पाइने सुचनामा उल्लेख छ । भदौ ३१ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक अरु सम्पूर्ण गतिविधि ठप्प हुने प्रशासनले जनाएको छ ।