शिवराज नगरपालिकाका जागरुक युवाहरुले आज“बाँचौ र बचाऔं” अभियान अन्तर्गत ५० भन्दा बढि व्यवसायीहरुको हस्ताक्षर सहित शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई ज्ञापन पत्र बुझाए । सामाजिक दुरीको पालन गरि व्यवसाय र सरकारी कार्यालय खोल्न संयुक्त अपिल गरिएको शिवराज जेसिसका अध्यक्ष विजय सापकोटाले बताए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड का कारण नेपाल पनि उच्च जोखिममा रहेको अवस्था एका तिर छदैछ भने आर्को तिर कोरोना भाइरस को असर लम्बिदै गर्दा उधोग व्यवसाय क्षेत्र दिनानुदिन नाजुक र गम्भिर अवस्था बन्दै गएको चन्द्रौटाका युवा व्यवसायी सरोज पौडले बताए ।
विगतमा संघिय सरकारले गरेको लकडाउनको समाप्ती भए संगै जिल्ला प्रशासनले निरन्तर रुपमा लकडाउन जारि रहदा हरेक क्षेत्रको आर्थिक गतिविधि ठप्प भै चरम अभाव भोक र व्यावसायी तनाव वढ्दै गइरहेको छ । स्वास्थ्य सेवाको स्तरउन्नती परिक्षणको दायरा वृद्धि र पुर्वधार विकाशको सट्टा लकडाउनलाई मात्र निर्वीकल्प ठानेर निरन्तर लकडाउन जारि राखिनु मात्रै समस्या समाधानको विकल्प नरहेको हुँदा लकडाउन खोल्नु पर्ने पौडेलले नगर प्रमुख संग अपिल गरे ।
WHO को भनाइ अनुसार कोरोनाको जोखिम लामो समय सम्म रहन सक्ने हुँदा लकडाउनको विकल्पको खोजी सतर्कता र सावधानिलाई कडाइको रुपमा लागु गरि आम जनजिवनलाई सरल वनाउना साथै रोगले भन्दा पनि भोक वाट बचाउनको निम्ति स्वास्थ्य मापदण्ड लाई ख्याल गर्दै सम्पुर्ण उधोग,व्यापार,व्यावसाय सहज रुपमा संचालन गर्ने वातावरण मिलाई दिन ज्ञापन पत्र मार्फत अनुरोध गरेको चन्द्रौटा क्षेत्रमा लामो समय देखि व्यवसाय संचालन गर्दे आएका युवा व्यवसायी गणेश जि.सी ले बताए ।
लकडाउनको विकल्प खोज्नको लागि युवा व्यावसायिक हरुको जोडदार माग गर्दे लकडाउन यथावत रहि रहे व्यापार व्यावसायहरु मंगलवार देखि स्वास्थ्य मापदण्ड अपनाई सामाजिक दुरी कायम राखि संचालन गरिने जि.सीले बताए ।