Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

भारतको मेदान्त अस्पतालमा कार्यरत नेपाली चिकित्सकको मृत्यु


काठमाडौँ भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा‍‍‍.साह ४ वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए ।

डा.साह मंगलबार बिहान सेक्टर ४७ स्थित उनी बस्दै आएको अपार्टमेन्टको आठौं तलाको कौसीबाट खसेका थिए । गम्भीर घाइते उनलाई तत्कालै मेदान्त अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । पारिवारिक स्रोतका अनुसार प्रहरीले प्रारम्भिक छानबिनमा उनले आत्महत्या गरेको देखिएको जनाएको छ । यद्यपि शवको पोस्टमार्टम हुन बाँकी छ ।

डा.साह अपार्टमेन्टमा एक्लै बस्दै आएका थिए । उनको पश्चिम बंगालकी एक चिकित्सकसँग विवाह भएको थियो । उनीहरूबाट एक ६ वर्षीया छोरी छिन् । डा.साह सोमबार साँझसम्म मेदान्त अस्पतालमा ड्युटीमा थिए । सहकर्मीहरूका अनुसार त्यस दिन पनि उनी अन्य दिनजस्तै सामान्य अवस्थामा थिए । तर मंगलबार एकाएक साहले आफू बस्ने अपार्टमेन्टबाट हाम फालेको खबरले सबैलाई स्तब्ध बनाएको छ ।

मेदान्तमा डा.साहसँगै कार्यरत नेपाली चिकित्सक डा. सञ्जयकुमार यादवले घटनाबाट आफू स्तब्ध भएको बताए । ‘सुजित दाइसँग सोमबार दिनभर नै सँगै थियौं । अरू दिन जस्तै रमाइलोसँग समय बितेको थियो, खै के भयो अचानक विश्वास नै गर्न कठिन भइरहेको छ,’ डा।यादवले भने । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय दुईबीच राम्रो सम्बन्ध नभएको र साहलाई श्रीमतीले छोडपत्रका लागि दबाब दिँदै आएकी थिइन् । त्यही दबाबले उनलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको आशंका साह परिवारले गरेको छ । मृतक साहको परिवारले उनलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै छानबिनको माग गरेको छ ।

‘अघिल्लो दिनसम्म ड्युटीमा खटिएको र सबै हिसाबले सामान्य अवस्थामा रहेको व्यक्तिले कसरी आफैं आत्महत्या गर्न सक्छ, त्यसैले ऊमाथि अन्तिम समयमा ठूलो दबाब परेको निश्चित छ,’ साहका बुबा नरेन्द्रप्रसाद साहले भने । नरेन्द्रका अनुसार सुजितमाथि श्रीमतीले सम्बन्धविच्छेदका लागि दबाब दिइरहेकी थिइन् । तर सुजितले भने सानी छोरी पनि भएकी हुँदा छोडपत्र गर्न अस्वीकार गरिरहेका थिए । तर अन्तिम समयमा दबाब थेग्न नसकेर सुजित आत्महत्या गर्न बाध्य भएको परिवारको भनाइ छ । आत्महत्या गर्न बाध्य पारिएको भन्दै परिवारका तर्फबाट आत्महत्या दुरुत्साहनको मुद्दा दायर गर्ने तयारी गरिरहेको साहले कान्तिपुरलाई बताए ।

साह परिवारका कान्छा छोरा सुजितले पोखराको मणिपाल कलेजबाट एमबीबीएस गरेका थिए । पछि भारतको चण्डीगढस्थित पीजीआईबाट मास्टर इन सर्जरी र पछि दिल्लीको एम्सबाट सर्जरीमा सुपर स्पेसलाइजेसन गरे । साहले छोटो समयमै लिभर ट्रान्सप्लान्ट ९कलेजो प्रत्यारोपण० का लागि कुशल चिकित्सकको परिचय बनाएका थिए । उनलाई रोबोटिक लिभर ट्रान्सप्लान्टको विशेषज्ञका रूपमा चिनिन्थ्यो । सहकर्मीबीच डा।साहको परिचय निकै मिलनसार र सरल व्यक्तिका रूपमा रहेको थियो । ‘४ वर्ष सँगै काम गरियो, कहिल्यै पनि उहाँको अनुहार अँध्यारो देखिएन, सबैलाई माया गर्ने अति नै सरल हुनुहुन्थ्यो,’ डा।यादवले बताए ।

  कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

म्यानमारमा सङ्कटकाल थप ६ महिना लम्बियो

म्यानमारमा सङ्कटकाल थप ६ महिना लम्बियो

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

युक्रेनको एक अस्पतालमा रुसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनको एक अस्पतालमा रुसी आक्रमण, १४ जनाको मृत्यु

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline