१४भद्रौ, शिवपुर । शिवराज नगरपािलका वडा न १ शिवपुरमा नयाँ व्यवस्थापन सहित सुविधा सम्पन्न होटल संचालनमा आएको छ । शिवराज नगरपालिकाको वडा न १ शिवपुरको वैलौती चोकमा होटल औरोरा संचालनमा आएको छ।
होटल औरोराले आइतवार विहाना स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै होटल उद्धाटनको शुभ साइत जुराएको कार्यक्रममा शिवराज नगरपालिककाका मेयर नेत्रराज अधिकारी,प्रदेश सासंद विष्णु पन्थी,प्रदेश सासंद अर्जुन कुमार के.सी र व्यापार संघका अध्यक्ष महादेव पोखरेलको उपस्थितिमा होटलको उद्धाटन गरिएको संचालक विनोद कुँवरले कपुरी अनलाइन लाई बताए ।
उद्धाटन कार्यक्रममा बोल्दै कुँवरले दुई करोड रुपैयाँ लगानिमा यस क्षेत्रको पर्यटन प्रबर्द्धनलाई लक्ष्ति गरि नयाँ स्वरुपका साथ होटल सञ्चालनमा ल्याएको बताए ।
उद्धाटन कार्यक्रममा मन्तव्य रख्दै शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी शिवराज नगरपालिकामा स्तरिय होटल संचालनले समग्र नगरको आर्थिक विकाशमा टेवा पुग्ने र कृषि उत्पादन खपत भई कृषकलाई फाईदा हुने बताए ।
कार्यक्रममा प्रदेश सासंद विष्णु पन्थीले शिवराज नगरपालिका व्यापारिक दृष्टि कोणले महत्पुर्ण भएको तर चन्दौटा क्षेत्र वाहेक हाईवेमा सुविधा सम्पन्न होटल नभएकोले लामो दुरीको यात्रा गर्ने हरु बुढवल वा नेपालगंजमा रात्रि बास बस्नु पर्ने र दुरीको हिसाबले दुख भएको कुरा साथि भाई हरुले भन्ने गरेको बताए ।
कपिलवस्तु क्षेत्र न ३ का सासंद अर्जुन कुमार के.सी ले यस क्षेत्रको विकाशमा होटल व्यवसायको ठुलो योगदान रहेको स्मरण गर्दै होटल संचालकले गुणस्तरियतामा विशेष ध्यान दिनु पर्ने बताए । उनले होटल रहेको स्थान वाट केही किलोमिटर माथी उमरी गुफा र धानखोला मन्दिर अवस्थित रहेको र हिन्दुहरुको आस्ताको केन्द्र बन्दै गएको बताए ।
उद्धाटन कार्यक्रममा बोल्दै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले देशमा संघियतामा गए संगै यस क्षेत्रको विकाशले फड्को मारेको बताए । कृष्णानगर,चन्दौटा सडक खण्ड निर्माण संगै यस क्षेत्रको कायापलट हुनेमा आफु आशावादि रहेको र शिवराज नगरपालिका अौद्धोगीक र पर्यटनको ठुलो हब रहेको बताए । यस क्षेत्रमा ठुला ठुला कलकारखाना भएको तर रात्रि बस्न शान्त माहोल नभएकोले शिवपुर क्षेत्र होटल व्यवसायको राम्रो स्थानहुने बताए । शिवपुर गाँउ पहाडको फेदमा अवस्थित भएकोले चिसो हवा पानी र मनोरम दृष्य अवलोकन गर्न मिल्ने बताए ।
नयाँ व्यवस्थापनका साथ संचालन गरिएको होटलमा तालिम हल, पर्याप्त पार्किङ, एटेच टवाईलेट बाथरुम, एसी जडित कोठा र अनुभवी तथा तथा दक्ष कुक,इन्डियन,चाइनिज,कन्टिनेट खाना नेपाली,थकाली खाना सहितको व्यवस्थापनमा होटलले सेवा दिने सन्चालक कुँवरको जानकारी दिए।
कुँवर लामो समय सम्म मेरी स्टोर चन्द्रौटमा कार्य गरि यस क्षेत्रका वासिन्दालाई सेवा दिदै आएको र जिवनमा संधर्षशिल व्यक्ति भएको यस क्षेत्रका वरिष्ट पत्रकार सिताराम चौधरीले बताए ।