Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मौलाना अब्दुल मन्नान सल्फीलाई कृष्णनगरमा श्रद्धाञ्जली


मौलाना अब्दुल मन्नान सल्फीलाई कृष्णनगरमा श्रद्धाञ्जली
कृष्णानगर
नगपालिकाको एक सहिष्णु मौलाना अब्दुल मन्नान सल्फी को केही दिन अगाडि असामयिक निधन भएको छ । मौलाना सल्फी बिगत २४ बर्ष देखि कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया मदरसामा शिक्षण गर्दै आएका थिए ।
रात्रि को समयमा मौलाना सल्फीको स्वास्थ्य अचानक बिग्रेर उनलाई उपचारको लागि बुटवल लगिरहदा बाटोमा उहाँको मृत्यु भएको कुरा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि ले बताएका छन्। मौलाना अब्दुल मन्नान सल्फी को असामयिक निधन प्रति स्तब्ध रहेको बिद्यालय प्रशासनले आज शोक सभाको आयोजन गरेको थियो । शोक सभामा सबै धर्मको मानिसहरुको उपस्थिति देखिएको थियो । सन् १९५९ दिसम्बरमा जन्मेका मौलाना अब्दुल मन्नान सल्फी एक सहिष्णु मौलाना थिए ।
उहाँ जाति धर्मलाई न हेरिकन गरिब, असहाय तथा बिपन्न मानिसहरुको मदत गर्दै आईरहेका थिए । जसले गर्दा वहाँ मुस्लिम समुदायमा मात्र नभई हिन्दुहरुको लागि पनि लोकप्रिय थिए । राष्ट्रिय मदरसा संघ नेपाल लगायत अन्य संघ संस्थाहरु द्वारा सम्मानित भएका मौलाना अब्दुल मन्नान सल्फी को शिष्यहरु नेपाल, भारत का साथै खाडी देशहरुमा पनि प्रशस्त भएको कुरा नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारूकी ले बताएका छन् । नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खा ले मौलाना सल्फी को बिलीनता बिद्यालय प्रशासनलाई मात्र नभई समग्र समाजलाई नै अविस्मरणीय रहने ठहर गरेका छन् । सहिष्णु तथा मिलनसार व्यक्तित्व रहेका मौलाना सल्फी को आत्मालाई स्वर्गमा स्थान मिल्ने र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्ने कामना पनि नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारूकी ले गरेका छन् । राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अल्कुफीले नेपालको पहिलो उर्दू मासिक पत्रिकाको संरक्षक सल्लाहकार समेत रहेका मौलाना सल्फी को आत्मशान्ति को कामना गर्दै मौलाना एक ईमान्दार, सहयोगी तथा मिलनसार स्वाभावका व्यक्ति भएको कुरा बताएका छन् । त्यसैगरी मदरसा बोर्ड प्रदेश नम्बर ५ को उपाध्यक्ष मौलाना मसहूद खाँ नेपालीले दिवंगत आत्मालाई स्वर्गमा स्थान मिल्ने कामना गर्दै मौलाना सल्फीको योगदान प्रति आफूहरु सधै आभारी रहने कुरा भनेका छन् । साथै स्तब्ध बनेका परिवारलाई धैर्य धारण गर्ने साहस प्रदान गर्ने कामना पनि गरेका छन् । नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारूकी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि, उपाध्यक्ष शैख जैस मक्की, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, साहिद अहमद खां, , मौलाना जहिर अहमद बरेलवी, मौलाना अकिल अहमद, ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल, वि.ओ. पी. कृष्णनगर का प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की, सह सेनानी मेघ बहादुर राईं भाट लगायत अन्य को उपस्थित रहेको कुरा प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहुद खां नेपाली ले जानकारी दिएका छन् । शोक सभामा रहेका ब्यक्तिहरुले सामाजिक दुरीलाई ध्यानमा राख्दै मास्क र सेनिटाईजर को सदुपयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

शिवराजको राहत वितरण टोली द्वारा  नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शिवराजको राहत वितरण टोली द्वारा नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline