Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

प्रेस सेन्टरद्धारा कोरोना संक्रमणबिच फिल्डमा खटेका पत्रकारको पूर्णस्वास्थ्य सुरक्षाको प्रवन्ध गर्न माग


प्रेस सेन्टरद्धारा कोरोना संक्रमणबिच फिल्डमा खटेका पत्रकारको पूर्णस्वास्थ्य सुरक्षाको प्रवन्ध गर्न माग
काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि सूचना, सञ्चारमार्फत योगदान गरिरहेका आम सञ्चारकर्मिहरुप्रति सम्मान ज्ञापन गर्दै प्रेस सेन्टर नेपालले फिल्डमा खटेका सम्पूर्ण पत्रकारहरुको पूर्णस्वास्थ्य सुरक्षाको प्रवन्ध गर्न सरकार समक्ष माग गरेको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीले आज एक विज्ञप्ती जारी गर्दै निरन्तर नागरिकमा सूचना, समाचार सम्प्रेषणको पेशागत कर्ममा जुटिरहेका पत्रकार, सञ्चारकर्मिहरुको योगदानलाई राज्यसंयन्त्रले स–सम्मान स्विकारेर पूर्णतया स्वास्थ्य सुरक्षाको प्रवन्ध मिलाउनुपर्ने माग गरेका हुन ।
प्रेस सेन्टरका अध्यक्ष जैसीले सरकारले कोरोना नियन्त्रणको अभियानमा अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकार, सुरक्षा निकाय, चिकित्सा क्षेत्र, सामाजीक व्यक्तित्व सबैको योगदानलाई सम्मान गर्न नसकेको उल्लेख गर्दै समाचार, सूचनाको काममा जुटेका सबै पत्रकारहरुको लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन ।
साथै उक्त विज्ञप्तीमा प्रेस सेन्टर नेपाल, प्रदेश नम्बर पाँच अन्तर्गत रुपन्देही जिल्ला समितिका अध्यक्ष एवं सक्रिय पत्रकार सुरेश कुमार पाण्डेंय विगत दुई दिनदेखि बिरामी रहेको र उनमा उच्च ज्वरो र टाउँको दुख्ने समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष जैसीले शिघ्र स्वासथ्य लाभको कामना समेत गरेका छन ।
पत्रकार पाण्डेंयले अहिले डाक्टरको सल्लाह अनुसार औषधि लिइरहेको र घरमा आराम गरिरहेको बुझिएको छ । पछिल्लो चरणमा फिल्डमा खटिने पत्रकारहरुको स्वास्थ्य जाँच गर्ने सम्म सरकारले ध्यान नदिएको भन्दै विभिन्न संघ, संगठन र सञ्चारकर्मिहरले समेत सामाजिक सञ्जालहरुमा गुनासो गर्ने गरेको पाइन्छ ।
उक्त विज्ञप्तीमा भनिएको छ–‘आम नागरिकलाई वर्तमान अवस्थाको विषयमा जानकारी दिने, कोरोना विरुद्धको लडाईलाई उच्च मनोवलका साथ जित्न हौसला दिने र मनोरञ्जनात्मक तथा सम्पूर्ण सूचना, समाचार, जानकारी सम्प्रेषणको जिम्मेवारीलाई आत्मसाथ गर्दै निरन्तर काममा जुटेका सञ्चारकर्मिहरुको अवस्थाको विषयमा राज्यसंयन्त्र जिम्मेवार बन्न सकेको छैन ।’
उनले आफ्नो संगठनले उठाएका मागहरुको विषयमा विज्ञप्तीमा उल्लेख गर्दै भनेका छन–‘फिल्डमा खटिने सबैको निरन्तर स्वास्थ्य परिक्षण गर्नुपर्ने, सूचना प्रदानमा सबैतिर डिजिटल माध्यमको प्रयोग बढाउनुपर्ने, पत्रकारको लागि सुरक्षा औजारहरु (सुरक्षित ड्रेस, माक्स, पञ्जा, सेनिटाईजर लगाएत) को व्यवस्था गर्नुपर्ने, वास्तविक रपमा फिल्डमा खटिएका पत्रकारहरुको लागि जीवन विमा र निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने लगाएतका मागहरु यसअघि नै उठाउँदै आएका छौ ।’
फिल्डमा खटिने सञ्चारकर्मिहरुको पूर्णस्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न भन्दै सचेतनापूर्ण चेतावनीको शैलीमा विज्ञप्तीमा भनिएको छ–‘स्मरण रहोस्, समयमै कोरोना संक्रमतिको स्वास्थ्य जाँच नगर्दा, रोगको पहिचान हुन नसक्दा संक्रमण तिब्र गतिमा फैलने प्रवल सम्भावना जो रहन्छ । तसर्थ कोरोना विरुद्धको सचेतना अभियानमा सक्रियताका साथ लागेका पत्रकार लगाएत सबैको राज्यले निशुल्क र सहज रुपमा नियमित स्वास्थ्य जाँच गरेर सुरक्षित वातावरण निर्माण गर्नु परिस्थितिजन्य तत्कालिन आवश्यकता रहेकोमा हाम्रो संगठनको ठहर छ ।’
विज्ञप्तीमा अगाडी भनिएको छ–‘संगठनले उठाएका मागहरु गम्भीरतापूर्वक लिदैं तत्काल कार्यान्वयन गर्नका लागि सरकार जिम्मेवार बनोस र देशभर कोरोना विरुद्धको लडाई सफल होस् भन्ने विश्वास र कामना समेत गर्दछौ ।’
पछिल्लो समय देशका विभिन्न स्थानहरुमा ठूलो संख्यामा सञ्चारकर्मिहरु संक्रमित भैरहेको समाचारहरु आइरहेको अवस्थामा प्रेस सेन्टर नेपालले आफ्ना मागहरु पुर्न उठाउँदै सरकारलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेको हो । बाँकी उक्त विज्ञप्तीको पूर्णपाठ यस्तो छ….
प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति काठमडौं, नेपाल ।
फिल्डमा खटेका सम्पूर्ण पत्रकारको स्वास्थ्य सुरक्षाको प्रवन्ध गरियोस् ! रुपन्देही अध्यक्ष सुरेश पाण्डेंयको स्वास्थ्य लाभको कामना !
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण समग्र अवस्थामा परेको प्रभाव हामी सबैले भोगिरहेकै विषय हो । संकटपूर्ण वर्तमान अवस्थामा समेत आम नागरिकसम्म सूचना, समाचार सम्प्रेषणको लागि पेशागत निरन्तरताका जोडिएका सम्पूर्ण सञ्चार माध्यम र कृयाशिल सञ्चारकर्मिहरुप्रति संगठनको केन्द्र समिति उच्च सम्मान व्यक्त गर्दछ । साथै जोखिमबीच समेत समाचार संकलनार्थ फिल्डमा खटिने, पेशागत कर्ममा जुटिरहेका र आम सञ्चारकर्मिहरुको लागि स्वास्थ्य सुरक्षाको प्रवन्ध गर्दै निर्भिकताका साथ काम गर्ने वातावरण बनाउँन राज्यसंयन्त्र समक्ष जोडदार माग गर्दछ ।
प्रेस स्वतन्त्रताको पक्षमा स्थापनाकालदेखि संघर्षरत हाम्रो संगठनले वर्तमान अवस्थामा उत्पन्न कोरोना संक्रमणबाट आमसञ्चार जगतलाई पारेको प्रभाव र त्यसमा राज्यले खेल्नुपर्ने भूमिका सम्बन्धि विषयहरुमा यसअघि नै प्रेस विज्ञप्ती मार्फत सुझाव गरिसकेको छ । तथापि वर्तमान सरकार र त्यसको संयन्त्रले कोरोना नियन्त्रण तथा रोकथामको अभियानमा अवरात्र जुटेका राज्यको सञ्चार क्षेत्र, सुरक्षा निकाय, चिकित्सा क्षेत्र र अन्य समाजसेवीको योगदानलाई सम्मान गर्न नसकेको तितो यथार्थ हाम्रो अगाडी छर्लङ्गै प्रष्टिएको छ । त्यसमा पनि आम नागरिकलाई वर्तमान अवस्थाको विषयमा जानकारी दिने, कोरोना विरुद्धको लडाईलाई उच्च मनोवलका साथ जित्न हौसला दिने र मनोरञ्जनात्मक तथा सम्पूर्ण सूचना, समाचार, जानकारी सम्प्रेषणको जिम्मेवारीलाई आत्मसाथ गर्दै निरन्तर काममा जुटेका सञ्चारकर्मिहरुको अवस्थाको विषयमा राज्यसंयन्त्र जिम्मेवार बन्न सकेको छैन । फिल्डमा खटिने सबैको निरन्तर स्वास्थ्य परिक्षण गर्नुपर्ने, सूचना प्रदानमा सबैतिर डिजिटल माध्यमको प्रयोग बढाउनुपर्ने, पत्रकारको लागि सुरक्षा औजारहरु (सुरक्षित ड्रेस, माक्स, पञ्जा, सेनिटाईजर लगाएत) को व्यवस्था गर्नुपर्ने, वास्तविक रपमा फिल्डमा खटिएका पत्रकारहरुको लागि जीवन विमा र निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने लगाएतका मागहरु यसअघि नै उठाउँदै आएका छौ ।
कोरोना नियन्त्रणको नाममा सरकारको खर्च विवरण बढ्दै गएको देखिन्छ तर सरकारले वास्तविक श्रमजीवी पत्रकारको हितमा त्यस्तो कार्यक्रम चलाउन नसक्नु अत्यन्त दुखत विषय हो । हामी समग्र राज्यसंयन्त्र समक्ष यथाशक्य फिल्डमा खटिने सञ्चारकर्मिहरुको स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्नका लागि आग्रह गर्दछौं । स्मरण रहोस्, समयमै कोरोना संक्रमतिको स्वास्थ्य जाँच नगर्दा, रोगको पहिचान हुन नसक्दा संक्रमण तिब्र गतिमा फैलने प्रवल सम्भावना जो रहन्छ । तसर्थ कोरोना विरुद्धको सचेतना अभियानमा सक्रियताका साथ लागेका पत्रकार लगाएत सबैको राज्यले निशुल्क र सहज रुपमा नियमित स्वास्थ्य जाँच गरेर सुरक्षित वातावरण निर्माण गर्नु परिस्थितिजन्य तत्कालिन आवश्यकता रहेकोमा हाम्रो संगठनको ठहर छ । अतः संगठनले उठाएका मागहरु गम्भीरतापूर्वक लिदैं तत्काल कार्यान्वयन गर्नका लागि सरकार जिम्मेवार बनोस र देशभर कोरोना विरुद्धको लडाई सफल होस् भन्ने विश्वास र कामना समेत गर्दछौ ।
यसैबिच हाम्रो संगठनको प्रदेश नम्बर पाँच अन्तर्गत रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका सक्रिय पत्रकार सुरेश कुमार पाण्डेंय विगत दुई दिनदेखि बिरामी हुनुहुन्छ । उहाँलाई उच्च ज्वरो र टाउँको दुख्ने समस्या देखिएको बुझिएको छ । उहाँले अहिले डाक्टरको सल्लाह अनुसार औषधि लिइरहनुभएको जान्नमा आएको छ । हामी उहाँको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं । अभिवाद सहित !! मितिः २०७७ भाद्र १३ गते शनिवार ।
…….. लोकराज जैसी अध्यक्ष प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline