Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

यथार्थ बुझ्ने कोसिस गरौं नेत्रराज अधिकारी र बालकृष्ण गैरेको प्रेस विज्ञप्ती


यथार्थ बुझ्ने कोसिस गरौं नेत्रराज अधिकारी र बालकृष्ण गैरेको प्रेस विज्ञप्ती

बुटवल, ०६ भदौ

 

शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी र बुटवल निवासी समाजसेवी बालकृष्ण गैरेले एक प्रेस विज्ञप्तीमा आफ्नो नाम जोडी विभिन्न अनलाईन तथा छापा सञ्चार माध्यममा प्रायोजित रुपमा समाचार प्रकाशित एवं प्रसारित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ 

बुटवल, ०६ भदौ । शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी र बुटवल निवासी समाजसेवी बालकृष्ण गैरेले एक प्रेस विज्ञप्तीमा आफ्नो नाम जोडी विभिन्न अनलाईन तथा छापा सञ्चार माध्यममा प्रायोजित रुपमा समाचार प्रकाशित एवं प्रसारित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
विज्ञप्तीमा रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. १२ स्थित साविक सेमलार गा.वि.स. वडा नं. ३ मा रहेको दानव नदीको किनारामा बसी विगत ४० औं बर्ष देखी आफ्नो जग्गा भोग चलन गरी आएका चन्द्र बहादुर पुन र शुरेश पुन समेत धेरै व्यक्तिहरुको जग्गा २०३८ सालको बाढीमा परी नदीको बगरमा परिणत हुन गएको रहेछ । यसै क्रममा निजहरुले साबिकमा जंगल फँडानी गरी बसी आएको तर जग्गा धनी दर्ता प्रमाण पुर्जा लिन सम्म नपाएको जग्गाको तत्कालिन श्री ५ को सरकारले जग्गाको सन्दर्भमा भराएको अाँकडा फारम बमोजिम निज चन्द्र बहादुर पुनका नाममा नापी भएको सेमलार वडा नंं. ३ कि.न. १७७ को कुल क्षेत्रफल ज.बि. २–१५–० जग्गा रहेको देखिएको अवस्थामा हाम्रो नाम जोडी अनर्गल प्रचार गरिनु खेदजनक भएको बताईएको छ ।

विज्ञप्तीमा निज चन्द्र बहादुर समेतका व्यक्तीहरुले आफ्नो भोग चलनमा रहेको आँकडा जग्गाको दर्ताको लागि मालपोत कार्यालयमा निवेदन गरे पश्चात मालपोत कार्यालय रुपन्देही तथा नापी कार्यालय रुपन्देही समेतले मिति २०६४ सालमा निज चन्द्र बहादुर पुनका नाममा दर्ता गर्ने गरी निर्णय भएको तर निजले सो जग्गा आफ्नो नाममा दर्ता गर्ने क्रममा राज्यलाई तिर्नु बुझाउनु पर्ने राजश्व एकै पटक बुझाउन नसकेको कारण तत्कालका लागि सो कि.न. १७७ को जग्गाबाट कित्ताकाट गरी केवल निजका नाममा ज.बि. ०–१७–१० जग्गा दर्ता गर्ने प्रकृया अगाडी बढी दर्ता गर्ने क्रममा केवल ज.बि. ०–११–३ दर्ता भई दर्ता हुन बाँकी रहेको जग्गा समेत निज चन्द्र बहादुर पुनले भोग चलन गरी आएका सन्दर्भमा निज चन्द्र बहादुर पुनले आफ्ना नाममा दर्ता रहेको नयाँ कायमी कि.न. ६०९ को ज.बि. ०–११–३ जग्गा र निजले साविक देखी भोग चलन गरी आएको साविकको कि.न. १७७ को आँकडा जग्गा मध्येको केही जग्गा र सोही स्थानमा बस्ने सुरेश पुन समेतका नाममा दर्ता रहेको रुपन्देही जिल्ला सेमलार गा.वि.स. वडा नंं ३ कि.न. १८० को ज.बि. ०–२–६ ऐ. ऐ. कि.न. १८१ को ज.बि. ०–२–५ समेतका सम्पूर्ण जग्गा बिक्रीमा रहेको भन्ने थाहा जानकारी पाएको कारण हामी दुवै जनाले संयुक्त रुपमा उल्लेखित जग्गा खरिद गरी चन्द्र बहादुर पुनका नाममा दर्ता रहेको कि.न. ६०९ को ज.बि. ०–११–३ जग्गा र निजले साविक देखी भोग चलन गरी आएको साविकको कि.न. १७७ को आँकडा जग्गा मध्येको केही जग्गा म नेत्रराज अधिकारीका नाममा मिति २०६५/१२/५ गतेका दिन र सुरेश पुनका नाममा दर्ता रहेको रुपन्देही जिल्ला सेमलार गा.बि.स. वडा नंं ३ कि.न. १८० को ज.बि. ०–२–६ ऐ. ऐ. कि.न. १८१ को ज.बि. ०–२–५ समेतका जग्गा म बालकृष्ण गैरेको नाममा मालपोत कार्यालय रुपन्देहीबाट खरिद गरी लिएको कुरा अवगत गराउँदै खरिद गरी लिएको उल्लेखित चन्द्र बहादुर पुन तथा सुरेश पुन समेतका दुवै जनाको नाम दर्ता तथा भोग चलनमा रहेको आँकडा समेतको सम्पूर्ण जग्गा हामीले जे जस्तो अवस्थामा खरिद गरी लिएको हो, सोमा कुनै परिवर्तन नगरी एकमुष्ठ रुपमा घनश्याम घिमिरे तथा दिनेश भूषाल समेतका व्यक्तिहरुलाई मिति २०७३÷३÷१७ गतेका दिन राजिनामा गरी बिक्री वितरण गरेको कुरा सम्पूर्ण जनसमुदायमा जानकारी गराउँदछौं भनिएको छ ।

यसरी हामीले विभिन्न व्यक्तिको नाम दर्ता र भोग चलनमा रहेको दर्ता सम्म हुन नपाएको आँकडा जग्गा जे जस्तो अवस्थामा खरिद गरेको हो, सोही अवस्थामा बिक्री गरेको कुरालाई तोडमोड गरी हामीलाई भूमाफियाले सरकारी जग्गा बिक्री गरेको भनी हाम्रो नाम समेत जोडी विभिन्न सञ्चार माध्यममा समाचार प्रसारण गरिएकोले त्यस प्रकारको समाचार प्रसारण गर्ने क्रममा जग्गाको सुृरु दर्ता र भोग चलन के कस्को थियो ? सो जग्गाको भौतिक तथा कानूनी आधार के हो ? सो सम्बन्धमा सत्य तथ्य कुरानै नबुझी केवल हाम्रो नाम जोडी सामाजिक रुपमा मान मर्दन हुनेगरी समाचार सम्प्रेषित गरिनु दुःखद कुरा हो भन्दै यसरी हामीले दर्तावालाको नाममा दर्ता रहेको र ४० औं बर्ष देखी जोतभोग गरेका व्यक्तिको भोगको आधारमा नापी सम्म भएको तर दर्ता सम्म हुन नसकेको जग्गा खरिद गरी जग्गा सोही बमोजिम अन्य कोही कसैलाई बिक्री नगरी केवल दिनेश भूषाल र घनश्याम घिमिरेलाई मात्र बिक्री गरेको उल्लेख गर्दै यस प्रकारको वास्तविकता विपरीत झुठ्ठा कुरा उल्लेख गरी अफवाह फैलाईएको हुँदा कुनै पनि भ्रममा नपर्न आम जनसमुदायमा जानकारी गराउँदै आरोप–प्रत्यारोप नगरी यथार्थ बुझ्ने कोसिस गरौं भनी आग्रह गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline