Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नगरवासीलाई घरघरमा बसि तीज पर्व मनाउन आग्रह तर मेयर सुटुक्क माइत !


नगरवासीलाई घरघरमा बसि तीज पर्व मनाउन आग्रह तर मेयर सुटुक्क माइत !

चितवन – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै साउन ३० गते रातिदेखि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरियो । महानगरभित्र कोरोना सङ्क्रमितको सङ्ख्या सय पुग्नै लाग्दा मेयर रेणु दाहालकै अग्रसरतामा निषेधाज्ञा जारी गरियो । उहाँले जारी गरेको विज्ञप्तिअनुसार नै महानगर अहिले सुनसान छ ।

भदौ २ गते महानगरले अर्को विज्ञप्ति जारी गर्‍याे, ‘हरितालिका तीजको शुभकामना’ व्यक्त गरेर । मेयर दाहालले नै निकालेको विज्ञप्तिमा ‘नगरवासीलाई घरघरमा बसेर मास्क, स्यानिटाइजरको प्रयोग गर्न, भौतिक दुरी कायम गरी तीज पर्व मनाउन विनम्र अनुरोध गर्दछु’ भनिएको छ ।

महानगरको सूचनाका आधारमा नगरवासी आ–आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् । आक्कल–झुक्कल माइत हिँड्नेलाई प्रहरीले जरिबाना तिराउने गरेकाे छ । चितवन प्रहरीले सडकमा हिँड्नेबाट पाँच लाख रुपैयाँभन्दा बढी जरिबाना असुल गरिसकेकाे छ ।

तर मेयर दाहाल आफू भने सुटुक्क माइत पुग्नुभएको छ । नागरिकलाई घरमै बस्न उर्दी जारी गरेर आफू भने सुटुक्क माइत पुगेको भन्दै महानगरभित्र उहाँको आलोचना भइरहेको छ । उहाँ माइत पुगेर ‘तीज विशेष छोरीहरुको साथ’ भन्दै फेसबुकमा तस्बिर आफैले पोस्ट गरेपछि कमेन्टमा समेत आलोचना भएको छ ।

भरतपुर महानगरमा कोरोनाका बिरामी राख्ने ठाउँ छैन । सङ्क्रमण बढ्दो छ । एकातिर निषेधाज्ञाले नागरिक घरमै उकुसमुकुस छन् । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्याइएको बेड भरिएर कहाँ राख्ने भन्ने पिरलो छ । महानगरमै बसेर समस्या समाधान गर्न पहल गर्नुपर्ने समयमा प्रमुख दाहाल तीजको रमाइलो मान्न माइत पुग्नुभएको छ र सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नुभएको छ ।

महानगरभित्र लगाइएको निषेधाज्ञाका कारण पैदल हिँड्ने समेत जरिबाना तिर्न बाध्य छन् । कोरोना सङ्क्रमण बढ्दै गएका कारण त्रास बढ्दै गएको छ । ४ गते काठमाण्डौ जानुभएको मेयर दाहाल ७ गते मात्र चितवन फर्कने कार्यक्रम छ । मेयर काठमाण्डौ पुगेको जानकारी दिँदै महानगरले उहाँको अनुपस्थितिमा पनि महत्त्वपूर्ण काम नरोकिने बताएको छ ।

आफै कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएकी दाहाल पीसीआर परीक्षण गरेर माइती (काठमाण्डौ) पुग्नुभएको हो ।  मेयर दाहालले बिहीबार दिउँसो फेसबुकमा पारिवारिक फोटो पोस्ट गरेपछि त्यसमा कमेन्ट गर्ने कतिपयले महानगरमा निषेधाज्ञा गरेर आफू अन्त हिँडेको भन्दै आलोचना गरेका छन् ।

सात वटा पालिका रहेको चितवनमा माडी नगरपालिका बाहेक छ वटा पालिकामा निषेधाज्ञा लागू गरिएको छ । भरतपुर महानगरपालिकाले अरु पाँच पालिकाभन्दा अगाडि नै महानगर क्षेत्रमा निषेधाज्ञा लगाएको थियो ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline