कपिलवस्तु साउन २९ गत साउन २४गते चियाले पालेर गंभीर घाईते भएर कपिलवस्तु अस्पतालमा उपचारकोक्रमा मृत्यु भए पछि स्वास्थयकर्मीलाईृ गाली गलौच गरी हातपात गर्ने माथी यशाशीघ्र कारबाही नगरिए सामुहिक राजीनामा दिने घोषणा गरेका छन ।
कपिलवसतु नगरपालिका– ८ मैनीहवाकी एक बर्षिया बालिका सोफया मुसलमानको उपचारकोक्रममा मृत्यु भएको थियो । घटनालाई गंभीरताकासाथ नलिइए र कानुनी दायरामा नल्याईए आफुहरुmले सामुहिक राजीनामा दिने उनीहरुmले बिज्ञप्ती मार्फत चेतावनी दिएका हुन । साथै आफुहरुको माग प्रति नैतिक समर्थन गरी दिन देशभरका चिकित्सक र स्वास्थ्यकर्मीमा आवहन गरिएको छ ।
बालिकाको मृत्यु भए पछि आक्रोसित बालिकाका बुवा गुलाम मुसलानले आकस्मि कक्षमा बालिकाको उपाचार गरीरहेका स्वास्थ्यकर्मीलाई गाली गलौच, अस्पतालमा रहेका सामाग्री तोडफोड र स्वास्थ्यकर्मीमाथी हातपात गरको अस्पतालका स्वास्थ्यकर्मी बताउछन ।
कपिलवस्तु अस्पतालमा कार्यरत चिकित्सकहरुले बिज्ञप्ती जारी गर्दै घटना भएको पाच दिन सम्म पनि कुनै कारबाही प्रकृया अघि नबढाएकाले आफुहरुहरु आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन ।
बालिकाको मृत्यु प्रति दुःख ब्यक्त गर्दै उनीहरुले उपचारमा हर संभव प्रयास गरिए पनि सामाजिक संजाल र संचार माध्यममा उपचारमा लापरबाही गरिएको भन्ने कुरा प्रति भत्साना गरिएको छ । घटनाका बिषयमा आफुहरुले प्रजिअ दीर्घ नारायण पौडेल, छानबिन समितिका संयोजक गणेश नेपालीलाई समते अवगत गराए पनि हाल सम्म कुनै सुनुवाई नभएकोले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुले जनाएका छन । पाच दिन सम्म दोषीलाईृ पक्राउ गरी कानुनी दायरामा नल्याउदा आफुहरु दुखित र निरुत्साहीत भएको बताएका छन ।
दोषीलाई पक्राउ गरी कानुनी दायरामा नल्याए सम्म अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सहहरुले अति आवशयक बाहेक अन्य सबै सेवा ठप्प पारेका छन । साथै उनीहरुले घटनाका सत्य तथ्य बुझन सिसि टिभीको फुटेज समते हेर्न सकिने बताएका छन उता मृत्यु पछि सो घटनाका बिषयमा प्रशासन कार्यालयले सहायक प्रजिअ गणेश नेपालीको संयोजकत्वमा गठन गरेकोे समितिले प्रतिवेदन पछि मात्र घटनाका बिषयमा आवश्यक कदम चाल्ने बताएको छ ।