चन्द्रौटा
श्रीपञ्चमीको शुभ साइत पारेर कपिलवस्तुको शिवराज नगरपालिका भवन शिलन्यास गरिएको हो। शिवराज ५ दक्षिण रहटकोल गाउँको उत्तरपट्टि रहेको सार्वजनिक जग्गामा निर्माण हुन लागेको भवन नगरप्रमुख नेत्रराज अधिकारीले शिलन्यास गरे संगै कामले तीब्रता पाएको छ ।
आम नागरिकहरुलाई सहज रुपमा पहुँच सेवा प्रवाह होस् भन्ने उद्देश्यका साथ भवन निर्माण कार्य सुरु हो र अहिले भवन निर्मणको कामले व्यापकतिब्रता पाएको छ ।
भवन निर्माणको पहिलो तल्ला
कैलाश एण्ड कम्पनीले दुई वर्षमा निर्मण कामको जिम्मा पुरा गर्ने कपुरी अनलाईनलाई बताए । शिवराज नगरपालिकाको भवन निर्माण कार्य तीब्र गतिमा अघि बढ्दै गरेको शिवराज नगरपालिकाका कानुनी सल्लाहकार शरद अधिकारीले बताए ।
भवन निर्माणको लागत विवरण
भवन निर्माण पश्चात कार्यालयको दैनिक काममा स्थानीयलाई सहजता हुने नगरप्रमुख अधिकारीले बताए । भवनलाई आकर्षक र मजबुत बनाउने योजना सहित एक जना सुपरवाईजरको व्यवस्था गरिएको र गुणस्तरियतामा आफनो विशेष चासो रहेको अधिकारीले बताए ।
निर्माण कार्यको अनुगमन गर्दे कानुनी सल्लाहकार शरद अधिकारी
भाडामा रहेको कार्यालयबाट सेवा प्रदान गर्दा समस्या भइरहेको र नयाँ कर्मचारीहरुको बसाईंमा समेत समस्या आईरहेकोले व्वस्थापनमा कठिनाई भई रहेकोले नयाँ भवनको निर्माण संगै सबै कुरा सहज हुने अधिकारीले बताए ।
भवनको भित्रि भाग
भवन निर्माणको कामलाई तिव्रता दिन समय समयमा अनुगमन गरि रहेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । पौडेलले भने– “विभिन्न समस्याले निश्चित समय भन्दा पछि काम सञ्चालन भए पनि दुई वर्षमा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
भवनको बिम ढलानको तयारि हुदै
भवन निर्मण कार्यमा शिवराज नगरपािलका निवासी स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी सबैको चासो भएकोले अधिकारी सबैलाई बेला बेलामा भवन निर्मण कार्यको अनुगमन गर्न आग्रह गरे ।
बिम ढलान भए पछिको तस्विर