तौलिहवा कपिलवस्तु
चियाले पोलेर कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी एक बार्षिया बालिकाको शनिवार दिउसो ५ बजे मृत्यु भएको छ । गुलाम मुसलमानकी एक बर्षिया छोरी सोफियाको मृत्यु भएको हो ।
बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सुद्धोदन गाउँपालिकाको लवनी घर भएका गुलामले केही बर्ष देखि मैनिहवामा सोफिया आल्मुनियम पसल चलाएर बसेको थिए ।
त्यही पसलमा आमा खातुन निशाले चिया खाइृरहेका बेला तान्दा छोरीको छातीमा चियाले पोखिएको थियो । तातो चियाले पोले पछि घाइेते भएकी सोफियालाइृ तत्कालै उपचारकालागि कपिलवस्तु अस्पताल लगिएकोो थियो ।
त्यही उपचार गरेको केही बेर मै छोरीको मृत्यु भएको बुबा गुलामले बताए । उपचारमा अस्पतालको ईमरजेन्सी फाटका कर्मचारीले गंभीर लापरवाही गरको उनले आरोप लगाए । ‘ सास लिन अप्ठेरो भएको बेला छोरीलाई अक्सिन ने दिइएन, मलाई औषधी लिन पठाईयो ’ उनले भने ‘ औषधी खाएको केही बेर मै छोरीको मृत्यु भयो ’ । स्पास्थयकर्मीको लापरबाहीले छोरीको ज्यान गएको भन्दै मृतक परिवार र छिमेकीहरुले प्रशासन कार्यालयमा साझ बिराध प्र्रर्दशन गरेका छन ।
उनीरुहरुले लापरबाही गर्ने( स्वास्थयकर्मीलाई कडा कारबाही र मृतक परिवारलाई उचित क्षतिपुर्तिको माग गरेका छन । अस्पताल अघि र प्रशासन कार्यालय अघि सुरक्षाका लागि प्रहरी खटिएका छन । उता अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट किशोर बन्जाडेले बालिको उपचारमा स्वास्थ्यकर्मीले लापरबाही नगरको दाबी गरे । उनले जलेको बालिका भन्दा गंभीर अवस्थामा रहेका बिरामीहरुको स्वास्थ्यकर्मीले उपचार गरीरहेको बेला घाईते बालिकालाई अस्पताल ल्याईएको थियो ।
घाईते बालिकालाई मलम लगाउने, औाषधी दिईएको र उपचारको बेला बालिको सिरियस नभएको बन्जाडेले बताए । उपचार गर्दा गदैृ बालिकाको एक्कासी मृत्यु भएको बन्जाडले बताए । ‘ हामीसंग यसको सिसि टिबि फुटेज पनि छ, यसका स्वास्थ्यकर्मीको लापरबाही देखिदैन ’ उनले भने ।