अजय मिश्र, कपिलवस्तु, साउन, १४
जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तुले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्लाको वन्कसवासा देखि धानखोला सम्म सम्भावित पहिरो जान सक्ने ठांउमा ट्राफिक सचेतना बोर्ड राखिएको चन्द्रौटाका ट्रफिक इन्चार्ज हरि जि.सीले बताए ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ सवारी चालक लाई बाटोमा जानकारी गराउनका लागी वन्कसवासा देखि धानखोला सम्म पहिरो जान सक्ने सम्भावित ठाउँ मा सावधान, पहिरो खस्ने स्थान, सावधानी पूर्वक यात्रा गर्नु होला(पहिरो खस्ने ट्राफिक संकेत गरेको चित्र ) भएको बोर्ड जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु ट्राफिक प्रमुख प्रहरी निरिक्षक टक्कर स्वाॅर स्वयंम उक्त स्थानमा पुगि बोर्ड राखेका थिए । दुर्घटनाको उच्च जोखिम रहेको स्थानमा सचेतना बाेर्ड राखनु सराहनिय कार्य रहेको व्यापार संघका अध्यक्ष महादेव पाेखरेलले बताए ।
पछिल्लो समयमा निरन्तर पानी परेकोले देशको विभिन्न ठाँउमा पहिरो गएका ले जन-धनको क्षती लगायत सवारी साधनलाई समेत क्षति हुने हुदाँ पहिरो खस्न सकने सम्भावित ठाउको पहिचान गरि सचेतना बोर्ड राखिएको स्वाॅरले बताए ।
सवारी दुर्घटना न्यूनिकरण गर्न, चालक लाई सावधानी पूर्वक गाड़ी चलाउन , सहयोग पुग्ने हुदाँ उक्त ट्राफिक सचेतना बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक स्वाॅरले कपुरी अनलाइनलाई जानकारी दिए ।