समुदायस्तरमै कोरोना फैलिए पछि सर्तकता अपनाउना सबैलाई आग्रह नेत्रराज अधिकारी
समुदाय स्तरमा कोरोना फैलिएपछि कपिलवस्तुको शिवराज नगरपालिकामा उच्च सुरक्षा सतर्कता साथ दैनिकी अगाडी बढाउना शिवराज नगरपमलिकाका मेयर नेत्रराज अधिकारीले आम समुदायलाई आग्रह गरेका छन् । समुदाय स्तरमा १३ जनामा कोरोना सङ्क्रमण फैलिएको पुष्टि भए पछि तिनीहरुको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराइले बताए ।
संक्रमित सबैलाई आइसोलेसनमा राखिएको र कोरोना देखिएका क्षेत्रमा विशेष सतर्कता अपनाइएको मेयर अधिकारीले बताए । मेयर अधिकारीले खोलिएका विद्यालयल र सिकाई केन्द्र पनि बन्द गरिने बताए । यस्तै वडा नं १ का सबै काम बन्द गरिएको अधिकारीले बताए । पटक,पटक सामाजिक दुरी कायम गर्न आग्रह गरेपनि हेलचक्राइ भएको बताए । कोरोना देखिएका स्थानहरुमा विषेश सर्तकता अपनाउने अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























