Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

आजको राशिफल


आजको राशिफल

वि.सं. २०७७ साउन ११। आइतवार। इ.स. २०२० जुलाई २६। ने.सं. ११४० गुँलाथ्व। श्रावण शुक्लपक्ष। षष्ठी, ११:४५ उप्रान्त सप्तमी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। तर परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। तर प्रतिस्पर्धीसँगको पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। तापनि बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइनेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

लुम्बिनी प्रदेशका सबै मन्त्रालयका काम देउखुरीबाट चाँडै सूचारु हुन्छः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका सबै मन्त्रालयका काम देउखुरीबाट चाँडै सूचारु हुन्छः मुख्यमन्त्री केसी

निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

कपिलवस्तु क्षेत्र न ३ बाट यमन उपाध्यायले उम्मेदवारी दिने

कपिलवस्तु क्षेत्र न ३ बाट यमन उपाध्यायले उम्मेदवारी दिने

कांग्रेसको १४ दिने अभियान पुग्यो प्रदेश क्षेत्र १.१ मा ,टिकट नपाएपनि कांग्रेस ठिक भन्न निर्देशन

कांग्रेसको १४ दिने अभियान पुग्यो प्रदेश क्षेत्र १.१ मा ,टिकट नपाएपनि कांग्रेस ठिक भन्न निर्देशन

आउँदाे चुनावमा कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ : ओली

आउँदाे चुनावमा कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ : ओली

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline