चन्द्रौटा
केशव बेल्वासे
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ डकहियामा रहेको राष्ट्रिय आधारभुत विद्यालयले शिक्षक भर्ना गर्दा अनियमितता भएको भन्ने विषयमा विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा आएको भ्रामक समाचारप्रति विद्यालयको ग्रम्भिर ध्यानार्कषण विधालय परिवारले जनाएको छ ।
विद्यालयमा शिक्षक भर्ना गर्दा सूचना लुकाएर अनियमित गरि शिक्षक भर्ना गरेको अरोप लगाईएको हुँदा त्यसो नभएर नियम सगंत र सबै प्रक्रिया पुर्याएर शिक्षक भर्ना गरिएको विद्यालयका प्राधानाध्यपक प्रताप यादवलद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा जनाईएकाे छ ।
जेठ महिनाको ९ गतेको पत्रिकामा समेत विज्ञापन प्रकाशित गरिएको र रेडियोबाट म्याद थप समेत गरि २ पटक सुचना प्रसारण गरिएको विद्यालय
व्यवस्थापन समितिका अध्यक्षले कपुरी अनसबैलाई बताए । प्
यस्ता भ्रामक समाचार प्रचार गरिएको प्रति विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण भएको हुँदा भ्रामक समाचार प्रसार रोक्न तथा नगर्न सम्बन्धित सबैलाई विधालय परिवारले अनुरोध गरेकाे छ ।