Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

आजको राशिफल – Aajako Rashifal


आजको राशिफल

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ कामको योजना थाल्ने समय आएको छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामको राम्रै मूल्यांकन हुनेछ। तर प्रतिफल हातपार्न समय लाग्नेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। दिउँसोदेखि दिगो काम थालनी गर्ने अवसर जुट्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। चाँडै लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै दाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूका लागि श्रम र समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्। दिउँसोदेखि भने काम देखाएर पनि प्रभाव जमाउन मुस्किल पर्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ।

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चोटपटक लाग्ने योग देखिएकाले सजग रहनुहोला।

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ।

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रतिपक्षीहरूलाई पनि पछि पार्न सकिनेछ।

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि आफन्तहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले व्यर्थैमा पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्। विवादास्पद कामको टुंगो लाग्नेछ। दिउँसोदेखि व्यवसायभन्दा सेवामूलक कामबाट फाइदा हुनेछ। लाभांश उठाउन हतार नगर्नुहोला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। हडबडीले समस्या निम्त्याए पनि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

लुम्बिनी प्रदेशका सबै मन्त्रालयका काम देउखुरीबाट चाँडै सूचारु हुन्छः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका सबै मन्त्रालयका काम देउखुरीबाट चाँडै सूचारु हुन्छः मुख्यमन्त्री केसी

निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

कपिलवस्तु क्षेत्र न ३ बाट यमन उपाध्यायले उम्मेदवारी दिने

कपिलवस्तु क्षेत्र न ३ बाट यमन उपाध्यायले उम्मेदवारी दिने

कांग्रेसको १४ दिने अभियान पुग्यो प्रदेश क्षेत्र १.१ मा ,टिकट नपाएपनि कांग्रेस ठिक भन्न निर्देशन

कांग्रेसको १४ दिने अभियान पुग्यो प्रदेश क्षेत्र १.१ मा ,टिकट नपाएपनि कांग्रेस ठिक भन्न निर्देशन

आउँदाे चुनावमा कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ : ओली

आउँदाे चुनावमा कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ : ओली

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline