चन्दाैटा

कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासा नजिकै  मोटरसाईकल दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ जादै गरेको रा ५ प ५६४१ नम्बरको मोटरसाईकल अनियन्त्रीत हुदाँ दुर्घटना भएको  ट्राफिक प्रहरी चन्द्रौटाका सहायक निरिक्षक हरि जिसीले बताए ।

मृत्यु हुनेमा मोटरसाईकल चालक रोल्पाको गंगादेव गाउँपालिका ७ जाउचौरका २२ वर्षीय ललित बुढालाई उपचारकाे लागि चन्द्राैटामा रहेकाे स‌जिवनी सामुदायिक अस्पतालमा लगिएकाे थियाे । बुढाकाे  टाउकोमा गभ्मीर चोट लागेको र बहादुरगंञ्जमा रहेको शिवराज अस्पतालमा बुढालार्इ  मृत घोषणा गरेको हो । थप एक जनालाई  उपचारका लागि बुढवल पठाएकाे जि.सीले बताए ।