Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

पिडितलाई ८० हजार रुपैया दिई मुद्दा मिलाउन चलखेल गरे कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षले।


पिडितलाई ८० हजार रुपैया  दिई मुद्दा मिलाउन चलखेल गरे कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षले।

ज्यान मार्ने उद्योगको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परि प्रहरी अनुसन्धानमा रहेका एक व्यक्तिकै परिवारले घाईते भएका पिडितलाई रकम दिई मुद्दा मिलाउन खोजेको भेटिएको छ । प्रहरी अनुसन्धान पुरा भई सरकारी वकिल कार्यालय पुगेको ज्यान मार्ने उद्योगको मुद्दाका पिडित पक्षलाई रकम दिई मुद्दा मिलाउने प्रयत्न गरिएको हो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहेका प्रकाश गैरे भन्ने रुद्र बाहादुर गैरेले छोरा धिरज गैरेलाई अभियोगबाट उन्मुक्ति दिलाउन घाईते परिवारलाई ८० हजार रुपैया दिएको खुल्न आएको छ । काँगेसबाट वडा अध्यक्ष जितेका गैरेको छोरा माथी आरोप रहेको मुद्दामा केहि जिल्लास्तरका नेताको अगुवाई गरि मिलाउन पहल भएको श्रोतको दावी छ । उपचार खर्चका नाममा रकम लिई अदालतमा प्रहरीमा दिएको भन्दा बिपरित बयान दिने शर्तमा पिडित परिवारलाई आरोपी धिरजकाका बाबु प्रकाशले सहमतीपत्र बनाई रकम बुझाएको श्रोत बताउछ ।

प्राप्त गरेको रकम बुझिएको सहमती पत्रमा कपिलवस्तु जिल्ला बुद्धभुमी नगरपालिका ६ लक्ष्मणपुर बस्ने ढाडु अहिरको छोरा राम प्रसाद अहिर र बुधई अहिरलाई धिरज गैरेसँग झगडा हुदाँ घाउचोट पुर्याएको आरोप लागेकाले औषधी उपचार खर्च बापत धिरजका बाबु प्रकाश गैरे हस्ते नगद ८० हजार बुझि निज धिरज उपर कुनै कानुनी कारवाही नगर्ने लिखित सहमती रहेको छ ।

सो २०७७ असार २३ गते गरिएको सहमतीमा स्थानिय अब्दुल कलाम मनिहार, अहमद हुसेन मुसलमान, चिन्नीलाल थारु, सक्टु यादव र बरकत अली मनिहार साक्षी छन । त्यसै गरि रकम बुझाउनेमा प्रकाश गैरे छन भने रकम बुझनेमा ज्यान मार्ने उद्योगको प्रहरीमा जाहेरी दिएका घाईतेका दाजु फागु अहिर र घटनामा घाईते भएकाहरु राम प्रसाद अहिर र बुधई अहिर छन ।

दुई निर्दोष नागरिकलाई गम्भिर घाईते हुने गरि कुटपिट गरेको बिषयको समाचार सम्प्रेषण गरेको भन्दै बुटवल टुडे संबाददाता खग प्रसाद चापागाई र जिल्लाका दुई अनलाईन बिरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी गरेका गैरेले आफैले घटना मिलाउन रकम बुझाएका हुन । काउन्सिलमा दिईएको उजुरीमा उजुरीकर्ता प्रकाश गैरेले समाचार र सामाजिक सञ्जालमा बिना कसुर आफ्नो मानहानी गरेको, घटनामा आफनो कुनै पनि संलग्नता नरहेको भए पनि वडा अध्यक्षको छोरा भनि नाम जोडेर मानहानी गरेकाले दोषी उपर कारवाही र आफुलाई न्याय तथा उचित क्षतिपुर्तिको माग दावी गरेका थिए । आफनो कुनै संलग्नता नरहेको भन्दै सञ्चारकर्मी बिरुद्ध उजुरी गरेका गैरेले मुद्दा अनुसन्धान पुरा भई अदालतमै नपुग्दै मुद्दा प्रभावित पार्न रकम बुझाएको सहमतीपत्रले प्रष्टिएको छ ।

यस अघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा घाईते राम प्रसाद र बुधईका दाजु फागु अहिरले दिएको ज्यान मार्ने उद्योगको मुद्दा २०७७ असार ७ गते दर्ता भएको छ । जाहेरीमा कपिलवस्तु नगरपालिका ३ का प्रकाश गैरेका छोरा धिरज गैरे र सोही स्थानका अनिल धोबीले २०७७ असार ४ गते कपिलवस्तु नगरपालिका ३ तौलिहवा सिकोटवा सडकखण्डमा दुबै घाईतेलाई ज्यान मार्ने उदेश्यले रड प्रहार गरि गम्भिर घाईते बनाएको उल्लेख छ । सो सगै जाहेरीमा ज्यान मार्ने उदेश्यले कुटपिट गरिए पछि नगद ३ लाख र १ थान मोबाईल समेत खोसेर लगेको उल्लेख छ । आरोपी दुबैलाई प्रहरीले कपिलवस्तु अदालतबाट म्याद थप गरि थुनामा राखेर अनुसन्धान गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका धिरजका बाबु प्रकाश गैरे सँग रकम लिई सहमती गर्न स्थानिय जनप्रतिनिधी सहितका केहि सामाजिक अगुवाले दबाव दिए पछि आफुले रकम बुझेको घाईते भएका पिडित परिवारले बुटवल टुडेकर्मी सँग स्विकार गरेका छन । प्रहरी अनुसन्धानमा रहेको सरकारबादी फौजदारी मुद्दामा आरोपीका परिवारले जाहेरवाला पक्षलाई बिचमा लेनदेन गरेर मुद्दा फितलो बनाउन नमिल्ने कानुन व्यवसायीहरु बताउछन ।

“प्रहरीले अनुसन्धान पुरा गरि अदालत पठाउन थालेको मुद्दालाई लेनदेन गरेर प्रभावित पार्ने कार्य गलत हो, यस्ता कार्य गर्नु गराउन हुदैन ।” ति कानुन व्यवसायीले भने । यता प्रहरीले भने घटनाको जाहेरीका आधारमा सत्यतथ्य अनुसन्धान गरि अगाडी बढेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । “कसैले बिचमा मिलेमतो गरेका कागजात प्रहरी अनुसन्धानमा समेटिने कुरै छैन । प्रहरीले सत्य तथ्य आधारमा अनुसन्धान सम्पन्न गरेको छ । सोही आधारमा मुद्दा अगाडी बढ्छ ।” उपरिक्षक अधिकारीले भने ।

रकम बुझाईएको सहमती पत्रबारे वडा अध्यक्ष प्रकाश गैरेले पिडितलाई पैसा नदिएको दाबी गरे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline