ताैलिहवा
कपिलवस्तु नगरपालिकाका वडा नं १ वडा कार्यलयले कोरोना नियन्त्रण तथा क्वारेनटाइ व्यवस्थापनमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । वडाले बाहिर बाट आएका हरुलाई क्वारेनटाइनमा राखी उनीहरुको व्यवस्थापनमा तथा कोरोना नियन्त्रणमा २ लाख १३ हजार ३ सय ५५ रुपया खर्च भएको वडा कार्यलयले जानकारी दिएको छ ।
कोरोना नियन्त्रण तथा क्वारेनटाइनको खर्च लेखा जोखा गरी पत्रकार मार्फत सार्वजनिक गरेको हो । कोरोना नियन्त्रण तथा क्वारेनटाइनमा राखिएका हरुलाई व्यवस्थापनको लागी २४ थान खाट, १० थान डस्टवीन टुथपेष्ट सेट २० थान, विस्तरा २ थान,वेगन स्प्रे ४ थान, टावेल २४ थान, झुल २४ थान, हेण्डवास ५थान स्यानिटाइजर ५१ थान, सर्जीकल मास्क १४०० पिस, एन ९५ मास्क २ ओटा कपडा मास्क ६०० ओटा पी.पी.इ सेट १ थान, डिस्पोजल ग्लब्स २ थान र ह्याण्ड स्वाव ६ प्याकेट खरिद गरिएको वडा अध्यक्ष सुदिप पौडेल ले जानकारी दिएका छन । यस्तै गरी वडा वासीलाई कोरोना नियन्त्रणको लागी वडामा मास्क पनि वितरण गरिएको पौडेलले बताएका छन ।