कपिलपवस्तु
कपिलवस्तु जिल्लामा अहिले क्वारेनटाइनमा बसेका हरु लाई मानसिक तनाव त्रास तथा चिन्तामा बसेका लाई उनिहरुको मनोवल उच्च पार्न मनोसमाजिक परामर्श दिइरहेको छन । क्वारेनटाइनमा बस्ने हरुको मनोवल खस्ने उनीहरु बढी चिन्तामा हुने सम्भावना बढी रहेको हुदा यस्ता व्यक्तिहरूलाई परामर्श को आवश्यकता रहको हुदा यस्ता व्यक्तिलाई ध्यानमा राखी इन्द्रेणि ग्रामणि विकाश केन्द्र द्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना केन्द (सामि ) द्धारा परामर्श सेवा दिइरहेका छन ।
कपिलवस्तु नगरपालिका वडा नं ११ रेहरामा रहेको क्वारेनटाइनमा पुगी त्यहा वसेका हरु लाई परामर्श सेवा दिदै उनी हरु लाई योग शिक्षा अभ्यास, आत्मवल बलियो बनाउन , मन भित्र बाट डर त्रास हटाउन सिकाइएको मनोसामाजिक परामर्शकर्ता अनन्त न्यौपानेले बताइन । यस्तै गरी यस नगरपालिकाको अरु क्वारेनटाइन रहेका हरुलाई लाई पनि परामर्श सेवा दिइने न्यौपाने ले जानकारी दिइन ।
विशेष गरी क्वारेनटाइनमा रहेको लाई ध्यानमा राखी तिनीहरु लाई परामर्श सेवा दिइएको इन्द्रेणि ग्रामणि विकाश केन्द्र का अध्यक्ष विण्णु प्रसाद पौडेलले बताएका छन । शिवराज नगरपालिका ,कपिलवस्तु नगरपालिका मा परामर्श सेवा शुरु भइ सकेको र वाणगंगा नगरपालिका ,मायादेवी गाउपालिकामा थप परामर्श सेवा शुरु गर्ने तयारी भइरहेको पौडेलले जानकारी गराए ।