Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

आजको राशिफल


आजको राशिफल

आजको राशिफल 

वि.सं. २०७७ असार १२। शुक्रवार। इ.स. २०२० जुन २६। ने.सं. ११४० दिल्लाथ्व। आषाढ शुक्लपक्ष। पञ्चमी, ०६:५६ बजेदेखि षष्ठी, २८:५१ उप्रान्त सप्तमी।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि समस्या पहिल्याउन सकिनेछ। अवसर आए पनि हडबडीले काम बिग्रन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ। नयाँ काममा हात हाल्ने समय छ। कृषिकर्म र व्यावसायिक कामको योजना अघि बढ्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले काम रोकिन सक्छ, दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ। महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अवसरका लागि दौडधुप गर्नुपरे पनि दिगो काम थालनी हुनेछ। खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ। व्यवसाय थाल्न सरसापट लिनुपर्ने हुन सक्छ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। केही विवादास्पद जिम्मेवारी आउन सक्छ। तर मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। तारिफयोग्य कामले समाजमा लोकप्रियता दिलाउन सक्छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परोपकारी भावना जागृत हुनाले तारिफयोग्य कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदाव्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

द्वेष तथा ईर्ष्या गर्नेहरूले दु:ख दिए पनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। तत्काल फाइदा नभए पनि दिगो आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

लुम्बिनी प्रदेशका सबै मन्त्रालयका काम देउखुरीबाट चाँडै सूचारु हुन्छः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका सबै मन्त्रालयका काम देउखुरीबाट चाँडै सूचारु हुन्छः मुख्यमन्त्री केसी

निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

कपिलवस्तु क्षेत्र न ३ बाट यमन उपाध्यायले उम्मेदवारी दिने

कपिलवस्तु क्षेत्र न ३ बाट यमन उपाध्यायले उम्मेदवारी दिने

कांग्रेसको १४ दिने अभियान पुग्यो प्रदेश क्षेत्र १.१ मा ,टिकट नपाएपनि कांग्रेस ठिक भन्न निर्देशन

कांग्रेसको १४ दिने अभियान पुग्यो प्रदेश क्षेत्र १.१ मा ,टिकट नपाएपनि कांग्रेस ठिक भन्न निर्देशन

आउँदाे चुनावमा कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ : ओली

आउँदाे चुनावमा कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ : ओली

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline