चन्द्रौटा
सङ्घ र प्रदेश सरकारले आर्थिक वर्ष २०७७र७८ का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेको छ ।असार १० गतेभित्र स्थानीय तहले अघिल्ला वर्षमा गाउँटोलमा भेला गरी प्राथमिकता आधारमा योजना छनोट गर्दै आए पनि यस वर्ष सीमित अगुवाहरुसँग छलफल गरी योजना छनोटका लागि सुझाव सङ्कलन भएको हो । असार १५ गतेभित्र नगर तथा गाउँसभा बस्नुपर्ने संबैधानिक प्रावधान भएपनि जिल्लाका अधिकांश स्थानीय तह त्यस अगावै बजेट ल्याउने तयारीमा जुटेका हुन् ।
शिवराज नगरपालीकाले यो वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाइएको शिवराज नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो । नगरपालीकाले आज बुधबार नगरसभामा आव ०७७र०७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
नगरपालिकाको सातौं नगरसभा पनि अज नै बस्दै छ । कपिलवस्तुको शिवराज महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रको अवस्था हेरेर स्वास्थ्य क्षेत्रको विकासमा प्राथमिकता दिदै कोरोना भाइरसका संक्रमितलाई उपचारका लागि ५० शैयाको कोरोना अस्पताल निर्माण गरिएको र त्यसमा एक जना डाक्टरको अस्थायी दरबन्दी खुलाउने गरी काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलल बताउनुभयो ।
आजै बस्ने नगर सभा बाट नीति तथा कार्यक्रम पेश भएपनि बजेट आज नै आउँछ कि पछि भन्ने अझै एकिन भैनसकेको उहाँले बताउनुभयो ।उता आज नै जिल्लाको वाणगंगा नगरपालिकाले असार ५ गते नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।
आज हारहारीमा एक अर्ब १० करोड बराबरको बजेट ल्याउने तयारीमा रहेको छ । त्यस्तै आज नै जिल्लाको बुद्धभूमि नगरपालिकाको सातौं नगरसभा बसी आज बुधबार नै नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम बुधबार नै पारित गराई बजेटको तयारीमा लाग्ने नगर प्रमुख श्रेष्ठले बताउनु भयो । नगरपालिकाले आज आउने नीति तथा कार्यक्रममामा स्वास्थ्य, पूर्वाधार, शिक्षा, कृषिलाई नै प्राथमिकतामा राखेको छ ।