Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

अंगीकृतको ७ वर्षे प्रावधान सकारात्मक, विदेशी पुरुषलाई नागरिकता नदेऊः केसी


अंगीकृतको ७ वर्षे प्रावधान सकारात्मक, विदेशी पुरुषलाई नागरिकता नदेऊः केसी

काठमाडौं

राष्ट्रिय जनमोर्चाले संसदको राज्य व्यवस्था समितिबाट पारित बैवाहिक अंगिकृत नागरिकता सम्बन्धी सात वर्षे प्रावधानलाई स्वागत गरेको छ । तर, विदेशी बुहारीले सम्बन्धित देशको नागरिकता त्याग गरेपछि मात्रै नेपालको नागरिकता दिनुपर्नेमा राजमोले जोड दिएको छ ।

सोमबार अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई भने नेपालको नागरिकता दिन नहुनेमा जोड दिनुभएको छ । खुला सिमाना र विदेशीसँग विवाह गर्ने प्रचालनका कारण खुकुलो नागरिकता नीति अपनाउँदा त्यसले राष्ट्रियतामाथि गम्भीर असर पर्ने अध्यक्ष केसीद्वारा प्रेसित वक्तव्यमा उल्लेख छ ।

यस्तो, छ वक्तव्य
१) राज्य व्यवस्था समिति तथा नेकपाको सचिवालयले समेत नेपाली नागरिकसित विवाह गर्ने विदेशी महिलालाई विवाहको तुरुन्तै ६ महिनापछि अंगीकृत नागरिकता दिन सक्ने व्यवस्था हटाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन सक्ने जुन प्रस्ताव पारित गरेको छ, त्यसलाई राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ र संसदद्वारा त्यसलाई पारित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

२) तर कुनै विदेशी महिलाले आफ्नो पहिलेको देशको नागरिकता हटाउन प्रक्रिया शुरु गरेपछि नागरिकता दिन सक्ने जुन प्रकारको अवधारणा राखिएको छ, त्यसको हाम्रो पार्टीले विरोध गर्दछ । सम्बन्धित देशको नागरिकता त्याग्न प्रक्रिया शुरु गरेपछि मात्र होइन, त्यो देशको नागरिकता त्यागेपछि मात्र अंगीकृत नागरिकता दिन पर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

३) नेपाली महिलासित विवाह गर्ने कुनै पनि विदेशी पुरुषलाई वैवाहिक आधारमा नागरिकता दिनु पर्छ भन्ने सोचाईलाई हामीले गलत मान्दछौँ र त्यसको दृढतापूर्वक विरोध गर्दछौँ । हाम्रो जोड यो कुरामा छकि, नेपाल जस्तो तीनतिर खुला सीमा भएको भु–परिवेष्ठित देशले नागरिकता सम्बन्धी नीतिलाई एकदम कडा गराउनु पर्ने आवश्यकता छ । त्यसकारण त्यसलाई खुकुलो पार्दै लैजाने नीति देशको राष्ट्रियता र सार्वभौमिकताका विरुद्ध भएकाले त्यसप्रकारको नीतिलाई प्रश्रय नदिनका लागि हामीले सम्पूर्ण नेपाली जनता तथा सबै देशभक्त शक्तिहरुको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ ।

४) यही असार ९ गते ११ दलका तर्फबाट एमसिसीका विरुद्ध काठमाडौँमा संयुक्त विरोध प्रदर्शन गर्ने निर्णय भएको छ । त्यो दिन देशका अन्य भागहरुमा पनि त्यही विषयमा विरोध प्रदर्शन गर्ने समझदारी भएको छ । अन्य पक्षहरुको संगठन भएका जिल्लाहरुमा उनीहरुसित मिलेर वा अन्य पक्षहरुसित त्यसप्रकारको संयुक्त कार्यक्रम बन्न नसकेमा आफ्ना तर्फबाट पनि उक्त विरोध कार्यक्रमको आयोजना गर्नका लागि हामीले पार्टीका सबै समिति, सदस्य र समर्थकहरुसित अनुरोध गर्दछौँ । एमसिसीका विरुद्धका उक्त कार्यक्रमहरुलाई सफल पार्नको लागि हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline