चन्द्रौटा
कोभिड १९ (कोरना भाइरस ) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी कपिलवस्तुकाे चन्द्रौटा स्थित सजीवनीसामुदायिक अस्पतालमा निःशुल्क रुपमा बितरण गरिएको छ । यहाँका करिब पन्ध्र सय जनालाई पुग्ने गरी पहिलो चरणमा औषधि बितरण गरिएको शिरिष्मा बन्जाडे हाेमियाे फार्मेसीका ब्यबस्थापक गाेपाल बन्जाडेले बताए । बुटवलस्थित ओमकालिका होमियोप्याथिक अस्पतालको प्राविधिक सहयोगमा औषधि बितरण गरेको हो ।
काेराेना राेगले बिश्व जगतमा नै तहसनहस पारेको बेलामा नेपाल सरकारकाे आयुर्वेद तथा बैकल्पिक चिकित्सा गाईडलाईन्स अनुसार आफनो सामाजिक उत्तरदायित्व बुझि औषधी बितरण गरिएको गाेपाल बन्जाडेले साे अवसरमा बताएका थिए ।
औषधी बितरण कार्यक्रममा स्थानीयले यस्ता कार्यकाे खुलेरै प्रसंशा गरेको र आवश्यक परे थप औषधि उपलब्ध गराउन आग्रह गरेको ओम कालिका हाेमियाेपैथिक अस्पताल बुटवलका अस्पताल संचालक डाक्टर माधव थापाले बताउनुभयो ।
खासगरी कोरना उपयोगी भनिएको यो औषधि सबै खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको रुपमा चिकित्सकहरुले बितरण गर्दै आएका छन् । कपिलवस्तु जिल्लाका बिभिन्न नगरपालिकामा पनि यस अघि कालिका कल्याणकारी समाज बुटवलको आयोजना ओममकालिका हाेमियाेपैथिक अस्पताल बुटवलको प्राविधिक सहयोगमा औषधि बितरण गरिसकेको छ भने मारवाडी सेवा समितिले पनि देशका विभिन्न ठाउँमा यो औषधि बितरण गर्दै आएको छ । यो औषधि दैनिक चार वटा खाली पेटमा तीन दिनसम्म खानुपर्ने छ । अन्य रोगसंगै कोरना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सक्ने यो औषधिलाई नेपाल सरकारले अायुर्वेद तथा बैकल्पिक चिकित्सा प्रोटोकलमा राखेको छ ।
कोरना महामारीको अवस्था थप जटिल हुन नदिन यो औषधि उपयोगी हुने तथा रोग प्रतिरोधी क्षमता बृद्धि गर्ने भएकाले अन्य रोग समेत सजिलै नलाग्ने चिकित्सकहरुले बताउँछन् । यो औषधि खासगरी भारतमा उत्पादन हुने गर्दछ । विश्वका १ सय ८० देशले यो औषधि प्रयोग गर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।