चन्द्रौटा
नेपाली कांग्रेसका युवा नेता तथा कपिलवस्तु क्षेत्र नं । ३ का सांसद अभिषेक प्रताश शाहको विषेश पहलमा शिवराज नगरपालिका स्थित मैनार खोलामा पुल र शिवराज नगरपालिकाको वडा न ६,७,८ मा खाने पानीको योजना परेको यस क्षेत्रका नेपाली कांग्रेसका विकाश प्रेमी नेता अजय थापाले बताए ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष २०७७।०७८ को वार्षिक कार्यक्रम अन्तरगत सडक विभागको व्रिज महाशाखाबाट सो बजेट विनियोजन गरिएको हो । सो पुल निर्माण हुने भए पछि वडा नं । पुल निमार्ण भए पछि यातायातका लागी सहज हुने बुलकीया गाँउका स्थानियले बताएका छन ।
पुल निर्माणका र खाने पानीका लागी ६ महिना अघि सांसद अभिषेक प्रताप शाह र चन्द्रौटा क्षेत्रका नेपाली कांग्रेसका युवा नेता अजय थापाले व्रिज महाशाखाका प्रमुख दिपक भट्टराई र खानेपानी मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । लगातारको प्रयास पछि मैनार खोलामा पुल र शविराजको ३ वटा वडामा विकाश निर्माणको बजेट विनियोजन भएकोमा सांसद शाहले खुशी व्यक्त गरे का थिए ।
पुल निर्माण पछि सो क्षेत्र र आसपासका जनताहरुलाई आवत जावतमा सहज हुने र शिवराज नगरपालिकाका ३ वटा वडाका स्थानियहरुले शुद्ध खाने पानी उपभोग गर्न पाउने भए पछि आफुलाई निकै खुसी लागेको थापाले बताए । आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणको काम आफ्नो संसदीय बजेटबाट गर्दै आएको र ठुला रकम लाग्ने योजनाहरुका लागि केन्द्र सरकारसंग पहल गरी स्वीकृत गराउन पहल गरिरहेको सांसद शाहले बताए । पुल निर्माण कार्यक्रम स्वीकृत गर्न सहयोग गर्नु हुने व्रिज महाशाखाका प्रमुख दिपक भट्टराई लगायतको टीमलाई सांसद शाहले धन्यवाद व्यक्त गरेका छन् ।