तौलिहवा
कपिलवस्तु नगरपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष प्रकाश गैरे को छोरा धिरज गैरेले आफ्ना एक साथी लाई लिएर दुई जना माथी साङघातिक आक्रमण गरि गम्भीर घाइते बनाएका छन् ।
बुद्ध भुमी नगरपालिका वार्ड नम्बर ६ बदलपुरा निवासि ३५ वार्षिय रामप्रसाद यादव र ३३ वार्षिय बुद्धि यादव गम्भीर घाइते भएका छन् । घाइते दुबै जना दाजु भाइ रहेको खुल्न आएको छ ।
हाल उनीहरुको कपिलवस्तु सदरमुकाम तौलिहवा स्थिति कपिलवस्तु अस्पतालमा उपचार भैरहेको छ । दुबै जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।