Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बृहत लुम्बिनी गुरुयोजना अन्तर्गत विहार क्षेत्रको अध्ययन सुरु


बृहत लुम्बिनी गुरुयोजना अन्तर्गत विहार क्षेत्रको अध्ययन सुरु
लुम्बिनी,
बृहत लुम्बिनी गुरुयोजना क्षेत्र अन्तर्गत बाँकी प्लटहरु ९विहारहरु० को वस्तुस्थितिको अध्ययन, अवलोकन तथा प्रतिवदेन लेखन कार्य सुरु गरिएको छ । लुम्बिनी विकास कोषको बोर्ड बैठकबाट गठित बाँकी रहेका बिहार निर्माणको अवस्था अध्ययन उप–समितिले कामलाई तीव्रता दिएको छ । बाँकी रहेका ४० वटा विहार तथा सम्झौता गरिएका ३ वटा होटेलहरुकोे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारिने छ ।
३ सदस्यीय उप समितिले एक हप्ताभित्र बाँकी रहेका विहारहरुको अवस्था अध्ययन गरी प्रतिवेदन तयार पारिने लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य तथा प्रतिवेदन लेखन उपसमितिका संयोजक राजेश ज्ञवालीले बताउनुभयो ।
ज्ञवालीले बाँकी रहेका विहार निर्माणको वास्तविक अवस्था तथा लुम्बिनीमा रहेका विहारहरु बृहत लुम्बिनी गुरुयोजनाको मापदण्ड भित्र रहे नरहेको वास्तविक अवस्थाका साथै निर्माण कार्य सुरु नै नगरेका विहारहरुको स्थितिको प्रतिवेदन पर्यटन, नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाइने बताउनुभयो । ज्ञवालीले प्रतिवेदनमा दिइने सल्लाह सुझाव मन्त्रालयले कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको यसले प्रतिवेदनको महत्व झनै बढ्ने बताउनुभयो ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रतिवेदन लेखन उप–समितिका सदस्य सुरेन्द्र मुनी शाक्यले प्रतिवेदनले लुम्बिनीमा बाँकी रहेका विहारहरुको वास्तविक अवस्था स्पष्ट हुने हुँदा प्रतिवेदन तयार पार्न लागेको बताउनुभयो । शाक्यले प्रतिवेदनमा विहारहरुको हालको अवस्था उल्लेख हुने हुँदा प्रतिवेदन महत्वपूर्ण रहने बताउनुभयो ।
लुम्बिनी विकाष कोषका पार्षद् सदस्य बैजनाथ साहनीले प्रतिवेदन तयार हुनु महत्वपूर्ण भएकोले प्रतिवेदन थन्काउने भन्दा पनि प्रतिवेदनमा दिइने सुझाव सल्लाहहरु कार्यान्वयन हुनुपर्ने बताउनुभयो । प्रतिवेदन लेखन समितिमा मन्त्रालयका प्रतिनिधि उपसचिव दुर्गा भुर्तेल समेत रहनु भएको छ ।
प्रतिवेदन तयार पार्न विशेष सहयोगीको रुपमा लुम्बिनी विकास कोषका कर्मचारी खगेन्द्र काफ्ले र कृष्ण प्रसाद पौडेलले कार्य गर्नुभएको छ । भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी क्षेत्रको संरक्षण गरी विश्वभर चिनाउने उद्देश्यले सुरु गरिएको लुम्बिनी विकास गुरुयोजना ४ दशकसम्म पनि अझै पूरा हुन सकेको छैन । सन् १९७८ मा सुरु गरिएको गुरुयोजना १४ वर्ष भित्र पूरा गर्ने महत्वकांक्षी लक्ष्य राखिएको थियो । गुरुयोजना अन्तर्गत निर्माण गर्नुपर्ने कतिपय संरचनाहरु निर्माण भइसके पनि कतिपय महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य अझै बाँकी रहेको छ । गुरुयोजनाको अझै करिब २० प्रतिशत काम बाँकी रहेको लुम्बिनी विकाश कोषले जनाएको छ ।
जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिरहरु रहेका छन् भने कतिपय देशका मन्दिरहरु निर्माणको क्रममा रहेका छन् । विशिष्ट धार्मिक महत्व बोकेको स्वदेशी एवं विदेशी सबैको आकर्षणको थलो बृहत लुम्बिनी गुरुयोजना जतिसक्दो चाडो सम्पन्न गर्नु अहिलेको हाम्रो राष्ट्रिय आवश्यकता हो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार पुग्यो, १५ हजारबढी घाइते

भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार पुग्यो, १५ हजारबढी घाइते

विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline