चन्द्रौटामा आइशोलेशन अस्पताल निर्माणको काम अन्तिम चरणमा अध्यक्ष महादेव पोखरेल फोटो सहित
चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा बन्दै गरेको कोरोना अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको समितिका अध्यक्ष महादेव पोखरेलले कपुरी अनलाइनलाई बताएका छन ।

अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको समितिका अध्यक्ष महादेव पोखरेलले कपुरी अनलाइनलाई बताएका छन । कोरोनाको संक्रमण बढदै गएकोले चन्द्रौटामा पहिलो चरणको कामको शुरुवात गरेको नगर प्रमुख नेत्र राज अधिकारीले बताए ।

६० शैयाको अस्पताल २ चरण निर्माण गर्ने नगरको निर्णय अनुसार पहिले चरणमा रु. ६५ लाखको लागतमा ३० शैयाको भवन निर्माण सुरु अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको छ ।

अस्पालत छटो निर्माण गरी नागरिकलाई स्थानिय ठाउँमा नै सुविधा दिने नगर प्रमुख अधिकारीले बताए । अस्पताल निर्माणमा हामी नगरबासी र सबै राजनैतिक दलको सहयोग र साथ रहेकोले छिटो निर्माण हुने कुरामा आफु विश्वस्त रहेको नेपाली काग्रेसका नेता हरि पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
























