कपिलवस्तु ३ असार
कपिलवस्तुका करोना संक्रमित हरु ठिक भएर घर जान थाले पछि यहा धेरै जसो आइशोलेसन सेन्टरका वेडहरु खाली हुन थालेका छन । जिल्लामा ६४७ जना आइशोलेसन बेडमा रहेका थिए हाल ३८३ जना कोरना ठिक भएर गए पछि आइशोलेसन वेडमा २६४ जना मात्र बाकी रहेको जिल्ला स्वास्थ्य कार्यलय जानकारी दिएको छ ।
अहिले जिल्लाको रहेको आइशोलेशनमा बाणगंगा नगरपालिका शिद्धार्थ क्याम्पस बाणगंगामा १६ जना, विजयनगर गाउपालिका आयुर्बेद अस्पत्तालमा १६ जना ,बुद्धभुमी नगरपालिका मायाज इन्टरनेशनल होटल गोरुसिंगेको आइशोलेशनमा १२ जना , कपिलवस्तु नगरपालिका जहदी स्वास्थ्य चौकीमा ४ जना, कृण्णनगर नगरपालिका एइसागल्स होस्टल वहादुरगंजको अइशोलेशनमा ३४ जना,महाराजगंज नगरपालिका जानकी उच्चमावि मा आइशोलेशनमा ७० जना , मायादेवि गाउ पालिका स्थित आइशोलेशनमा ३६ जना ,फुलिका स्वास्थ्य चौकीमा ५ जना रहेका छन् ।
त्यसैगरी शिवराज नगरपालिका सुपादेउराली होटल चन्द्रौटाको आइशोलेशनमा १३ जना, शुद्धोधन गाउपालिका नवदुर्गा मावि गौराको आईशोलेशनमा ३२ जना, यशोधरा गाउपालिका बैदौली स्थित आइशोलेशनमा १५ जना ,कोभिड हस्पीटल बुटवलमा ३ जना, अल्फाआइशोलेशन बुटवलमा २ जना, चितवन मेडिकल कलेजमा १ जना, भीम हस्पीटल भैरहवा १ जना , कोभिड अस्पताल दाङमा १ जना र १ जना होम आइशोलेशनमा रहेका छन् । हाल सम्म जिल्लामा ७ सय ९४ आइशोलेशन वेड तयार गरिएको छ । यस्तै गरि जिल्लाको २०० क्वारेनटाइनमा १००० जना को संख्या मात्र रहेका छन ।