कोरोना भाइरस जोखिम नियन्त्रणका लागि जारी लकडाउनका बेला समेत कपिलवस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सुरु गरिएको छ। लकडाउनका मारमा परको विपन्न परिवारलाई रोजागरी दिन कार्यक्रम संचालन गरिएको रोजगार संयोजक फर्शुराम घिमिरेले बताए। बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गर्ने शिवराज नगरपालिका पहिलो स्थानियतह हो ।
९ पालिकाले भने लकडाउनका कारण यो कार्यक्रम संचालन गर्न समस्या भएको बताएका छन् । त्यस मध्ये अहिले २ योजनाका काम सुरु गरिएको हो। शिवराज नगरपालिका वडा ३ बलुहवा गाउँमा सडक निर्माणका काम सोमबार बाट सुरु भएको छ। गाउँका ६४ जनाले काम गरिरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए। लकडाउनका कारणका नागरिकहरु बेरोजगार भईरहेको एउटा गाउँका ६४ जनाले रोजगार पाउँदा स्थानीयहरुको जिविको पार्जनमा सहज हुने विश्वास रहेको सापकोटाले बताए।
वडा ७ को सडक निर्माण योजना सुभारम्भ गर्दै वडा अध्यक्ष अनुप कुमार चौधरीले यस किसिमका कार्यक्रमले वेरोजगार युवाले रोजगारी पाउदा पाउँदा आर्थिक संकलन संगै जिविकोपार्जनमा सजिलो हुने बताए। शिवराज नगरपालिका वडा ७ बिजया सिमेन्ट देखि गोर्भदन यादवको घर सम्मको सडक मर्मत, जुमली गाउँको कुलो मर्मतको लागि ९ लाख २४ हजार रकम रहेको छ। त्यस्तै बलुहवा गाउँमा सडक निर्माणको लागि ९ लाख ८२ हजार रकम रहेको छ भने निविहवा सिचाई ताल निर्माणको लागि ९ लाख ९३ हजार बजेट रहेको छ । नगरका २ सय जनालाई रोजगारी दिइने संयोजक घिमिरेले बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको हो।